Dalim Fort#Historical place#Road & bridge conditon#दालीम टार अनि दालीम खोला सम्पर्क विहिन ...
Dalim Fort#Historical place#Road & bridge conditon#
केही दिनदेखि क्षेत्रमा परिरहेको असारे झरीको अबिरल पानीले बिस्तारै बिकराल रुप धारण गर्न शुरु गरेको छ। यसै क्रममा विहिबार राति परेको हात्ती सुँढे पानीले दालिम खोला अनि दालिम टारलाई सम्पर्कबिहिन बनाएको छ। सेरमाली हुँदै दालिम टार जाने बाटोमा पर्ने दालिम खोलामाथि होल पाइपद्वारा निर्माण गरिएको बाटोलाई हिजो परेको पानीले बगाएर लगेकोले दालिमको सम्पर्क बिछिन्न भएको छ। दालिम टारसम्म जाने सडक निर्माण गरिए तापनि दालिम खोलामाथि स्थायी पुल निर्माण नगरिएकोले उक्त बाटो हिउँदे सडकको रुपमा प्रयोग गरिँदै आइरहेको थियो तर गत विधानसभा चुनावमा कालेबुङ विधानसभा क्षेत्रका प्रार्थी तथा वर्तमान विधायक रुदेन सादा लेप्चाको सहयोगमा होल पाइपद्वारा खोलामा अस्थायी बाटो निर्माण गरिएको थियो। तर हिजो रातिको पानीले उक्त बाटो भत्काएर होल पाइप बगाएर लगेको छ। जसले गर्दा दालिम टार अनि दालिम खोलाका मानिसहरु सम्पर्क विहिन बन्न पुगेका छन्। असारमै यस्तो अवस्थामा भएपछि अझ साउन, भदौको भेल थाँतीमै रहेको बताउँदै दालिम टारबासीले चिन्ता व्यक्त गरेका छन्। खोलामा पानीको स्तर धेरै भएकोले यो वर्ष खोलामा अस्थायी बाटो बनाउन सम्भव नरहेको पनि गाउँलेहरुको भनाइ छ।
बाटोको कारण दालीम टारस्थित सुदिप होम स्टेमा आएका टुरिष्टहरुले धेरै समस्या झेल्नु परेको थियो। उक्त होम स्टेका संचालक देवप्रकाश राईले बताए अनुसार
हिजो मात्र कलकत्ताबाट दुइ हुल पर्याटकहरु आफ्नोमा आएको तर आज फर्कने क्रममा बाटो भत्किएकोले गाडी खोलापारि नै रहेको जनाए। जसोतसो अर्को गाडी भनेर खोला पारिबाट आफ्नो अतिथिहरुलाई कलकत्ता पठाउन सक्षम बनेको जानकारी गराउँदै तिनले हिजो रातिको पानीले दालिम जाने बाटोमा धेरै क्षति पुगेको बताए। केही ठाउँमा पैह्रो गएको, सडकमा नालीको उचित व्यवस्था नभएकोले भल सडकमा बगेर सडक नै खोतलेको, सडकमा ढुंगा, माटोको राश थुप्रिएको राईले थप जानकारी गराए।
दालिम टार अनि दालिम खोलाका धेरै मानिसहरू अहिले पर्यटन व्यवसायसित जोडिएका छन्। यहाँ कलकत्तालगायत विभिन्न ठाउँहरूबाट देशी पर्यटकहरु घुम्न आउने गर्दछन्। यति मात्र होइन यहाँको दालिम गढीलाई राज्यको धरोहर विभागले आफ्नो पक्षमा लिएर पुनर्निर्माण कार्य शुरु गरेको छ। यसरी ऐतिहासिक महत्व बोकेको तथा पर्यटकीय स्थल दालिम टारसम्म पुग्ने बाटोको अवस्था भने दयानीय रहेको छ। त्यहीमाथि खोलामा पुल निर्माण नगरिएकोले मानिसहरूलाई थप मर्का परेको छ।
तसर्थ स्थानीय मानिसहरूले क्षेत्रिय विधायक रुदेन सादा लेप्चाप्रति स्थायी पुल निर्माणको निम्ति अपील गरेका छन्।
Camera
Souraj Rai
Edit
Lenin Rai
8637816394/ 9733161396.