तेस्रो शशिप्रभा स्मृति पुरस्कार -को निम्ति पुस्तक साथै लेखकहरुप्रति आह्वान ...
‘हाम्रो किताब घर’- मार्फत् वर्षेनी प्रदान गरिँदै आएको शशिप्रभा स्मृति पुरस्कार यसवर्ष पनि प्रदान गरिने भएको छ। कुनै पनि साहित्यको संरक्षण र विकासमा साहित्यिक पुरस्कारले महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा हामी विश्वस्त छौँ। यसैले नेपाली साहित्यमा पनि पारदर्शितापूर्वक पुरस्कार दिइए पुरस्कृत पुस्तकले पठन संस्कृति विकासमा पनि टेवा पुऱ्याउन सक्छ भन्ने हाम्रो विश्वास रहेको छ। फलस्वरूप तेस्रो शशिप्रभा स्मृति पुरस्कारका निम्ति हामी यसचोटि पनि लेखक तथा प्रकाशकहरूलाई नेपाली पुस्तकको आह्वान गरिरहेका छौँ।
आख्यानकार विजय बान्तावा ‘कैलासी’-ले आफ्नी दिवङ्गत धर्मपत्नी शशिप्रभा बान्तावाको स्मरणमा प्रायोजना गरिरहेको उक्त पुरस्कारमा नगद पचास हजार रूपियाँ सहित प्रशस्ति पत्र प्रदान गरिँदै आएको छ।
नियमावलीः
1) पुरस्कारका निम्ति भारतबाट प्रकाशित नेपाली भाषाको किताब तीनप्रति पठाइनु पर्नेछ। यसबाहेक अन्य भाषाबाट अनुदित पुस्तकलाई प्राथमिकता दिइनेछ। 15 जुलाई 2024 भित्र उक्त किताब दिइएको ठेगानामा आइपुग्नु पर्नेछ।
2) प्राप्त पुस्तकहरूबाट चयनित उत्कृष्ट दस पुस्तकहरूको नाउँ अगस्त महीनाको अन्तिम हप्तामा घोषणा गरिनेछ।
3) चयनित उत्कृष्ट दस पुस्तक मध्येबाट एउटा पुस्तकलाई पुरस्कार प्रदान गरिनेछ।
4) पुरस्कार 2022 देखि हालसम्म प्रकाशित कृतिमध्ये उत्कृष्ट एकलाई प्रदान गरिनेछ।
5) साहित्यका कुनै पनि विधाका निम्ति यो पुरस्कार दिइनेछ।
किताब पठाउने ठेगाना
Hamro Kitab Ghar
Tamang Building, Near Loyla College,
Gurung Busty
Siliguri-734001,
Contact : 7001331844 / 9883059670
पुरस्कारबारे पत्रकार सम्मेलन गर्दै हाम्रो किताब घर- का छेवाङ योन्जन, पुरस्कार प्रायोजक तथा आख्यानकार विजय बान्तावा ‘कैलासी’ र ज्ञान कुन्ज प्रकाशनका प्रकाशक तथा कथाकार सन्जीव छेत्री।
Any kinds of News & Advertisement kindly Contact
8637816394/ 9733161396