नीम बस्तीमा गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतनामुलक कार्यक्रम सम्पन्न ...
नीम बस्तीस्थित तुम्लाबुङमा आज गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतनामुलक कार्यक्रम सम्पन्न भयो। स्थानीय स्वनिर्भर समुहको आयोजनमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता कुश लेप्चाले गरेका थिए। निशा तामाङद्वारा संचालित कार्यक्रममा सांगठनिक समितिका महासचिव सुरेन प्रधानले गोर्खा च्यारिटेबल हस्पिटल निर्माण गरिनुको उद्देश्यबारे अवगत गराए। 250 बेड हुने सो प्रस्तावित हस्पिटल सालबारी र सुकुनाको बीचमा निर्माण गरिने, जसमा सबै बिमारीको उपचार सुलभ मूल्यमा उपलव्ध हुने साथै हस्पिटलसगै एउटा भवन निर्माण गरिने जहाँ कम खर्चमा बिरामीको परिवारका सदस्यहरु बस्न सक्ने कुराहरु पनि महासचिव प्रधानले बताए। उक्त हस्पिटलभित्र सबै प्रकारको जाँच गरिने सुविधा पनि रहने उनले बताए। निर्माण गरिने उक्त हस्पिटल ट्रस्टद्वारा संचालित गरिने भएकोले कुनै पनि स्थितिमा सो हस्पिटलले व्यावसायिक रुपमा कार्य नगर्ने बताउदै यसको निम्ति सबैको सहयोगको आवश्यकता रहेको पनि उनले थप बताए। यसरी नै सरिता लेप्चा, सरिता लेप्चा, कुश लेप्चा, अनुषा तामाङ आदिले सम्बोधनको क्रममा गोर्खा च्यारिटेबल हस्पिटलको निर्माणार्थ सक्दो सहयोग पुरयाउने आश्वाशन दिए। आज सम्पन्न उक्त कार्यक्रममा फापरखेतीका कोर्डिनेटर सुदन सुब्बा अनि गोरुबथानका कोर्डिनेटर बिमला राई पनि विशेष रुपमा उपस्थित थिए।
Edit
Rohan Kulung
8637816394/ 9733161396.