फाउन्डेसनका निदेशक बासु राईद्वारा बोर्डका चेयरमेन दिपराज राई अनि पूर्णिमा राईलाई आभार प्रकट ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=Nz_zehJ0wqc
गोरुबथानको पाटेन गोदक ग्राम पंचायतअन्तर्गत जलढाका राते पानी गाउँ निवासी प्रेम कुमार राई (62) को घर 28 दिसम्बर 2020 को दिन जलेर खरानी भएको थियो। उक्त विषयमा प्रोजेक्ट रिचिङ आउट फाउन्डेसन गोरुबथानका निदेशक बासु राईलाई कसैले जानकारी गराएपछि तत्कालै तिनले खम्बु राई सांस्कृतिक विकास बोर्डका चेयरमेन दिपराज राईलाई बोर्ड सदस्य पूर्णिमा राईमार्फत अवगत गराएका थिए। विषयलाई संज्ञानमा लिँदै बोर्ड चेयरमेनले अग्नि पीडित राईको घर निर्माण गर्न सामाग्री पठाइदिएका छन्। यसको निम्ति बासु राईले बोर्ड चेयरमेन अनि पदाधिकारीप्रति कृतज्ञता व्यक्त गरेका छन्। पीडित राई अहिले एक छोरा र छोरीसित आफ्नो विवाहित छोरीको अस्थायी घरमा बसिरहेका छन्।
Edit
Rohan Kulung
8637816394/ 9733161396.