#Kurseong Municipality# ब्रिगेन गुरुङ खरसाङ नगरपालिकाका नयाँ अध्यक्ष निर्वाचित ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=n3AmUu3sDew



Duration: 5:47
45 views
4


खरसाङ नगरपालिकाको प्रेक्षा गृहमा बसेको एउटा वैठकमा आज सर्व सम्मतिले ब्रिगेन गुरूङलाई खरसाङ नगरपालिकाको अध्यक्ष निर्वाचित गरेको छ। त्यसरी नै वार्ड नम्बर २० का पार्षद सुवास प्रधानलाई उपाध्यक्ष निर्वाचित गरेको छ।
निर्वाचन पश्चात नगरपालिकाका नव निर्वाचित अध्यक्ष ब्रिगेन गुरूङ भन्नु हुन्छ, " खरसाङ नगरपालिकाको अध्यक्षको गरिमामय पदमा चयन गर्नु हुने सबै पार्षद हरु प्रति आभारी छु। अध्यक्ष एक्लैले केही गर्नु सक्दैन। म सबैबाट सकारात्मक सहयोगको अपेक्षा राख्दछु। ब्रिगेन गुरुङ मात्र अध्यक्ष होइन तर हामी सम्पूर्ण पार्षदहरु नै अध्यक्ष जस्तो भएर खरसाङ नगरपालिकाको निम्ति काम गर्नु सकौं। हामी एक जुट भएर काम गर्नु पर्छ।"
भावी कार्यक्रमहरुलाई ठोस दिशा तर्फ लैजान उनले सबैलाई अपिल गर्दै भन्नुभयो, " अब रहेको एक वर्षमा जति पनि कामहरु थाती रहेको छ ती सबै पूरा गर्नेछौ। बिग्रेको कामलाई सपार्ने छौं।"
उनले अझ भन्नु भयो, " म कुनै जदुवाला होइन कि एउटा लठ्ठी घुमाउने बित्तिकै काम भई हाल्छ। म पनि मान्छे नै हुँ। भूल गर्नु मानव स्वभाव हो। तर सानो सानो भूल लाई सुरु मा नै सम्हाल्नु सकिएन भने सम्भल्नु नसकिने भूल गर्न देखि बाचौ। ठूलो ठूलो भूल हरु देखि बाँचेर खरसाङ नगरपालिकालाई प्रगतिको पथमा लैजाउ।"
गोर्खा जनमुक्ति मोर्चाका महा सचिव अनित थापाले नव निर्वाचित नगर अध्यक्ष ब्रिगेन गुरूङ अनि उपाध्यक्ष सुबास प्रधानलाई निर्वाचित भएकोमा बधाई दिंदै भन्नु भयो, " नगरपालिका  यस्तो व्यवस्था हो जहाँ बाट नगरपालिकाका वासिन्दाहरूको मूलभूत विकासका आधारहरू माथि कार्य हुन्छ। ब्रिगेन ज्यूको नेतृत्वमा अब खरसाङ नगरपालिकाले अझ राम्रो काम गर्नेछन् भन्ने मेरो विश्वास छ। नगरवासीले अब नगरपालिकाको असल कार्य देख्नेछन्।"
२० जना पार्षदहरूले बनिएको नगरपालिका हो खरसाङ नगरपालिका। १ जना पार्षदको निधन भएको छ। आजको बैठकमा १९ जना पार्षद मध्ये १५ जना पार्षद को उपस्थिति थियो। निष्काशित अध्यक्ष कृष्ण लिम्बू अनि वार्ड नम्बर ९ का पार्षद शान्ति राई अनुपस्थित रहे भने दुई जना पार्षद कोविड संक्रमण भएको कारण उपस्थित हुनु सकेनन्। यी दुवै पार्षदहरूले नव निर्वाचित अध्यक्षलाई समर्थन जनाएका छन्।
बैठकमा डिष्ट्रिक्ट म्याजिस्ट्रेट लाई प्रतिनिधित्व गर्दै डेपुटी म्याजिस्ट्रेट कुन्तल बोस अनि राज्य सरकारलाई प्रतिनिधित्व गर्दै नगरपालिकाका एक्जिक्युटिभ अफिसर रामकृष्ण दत्त अनि फाइनान्स अफिसर सुनिल चन्द्र उपस्थित थिए।
Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2021-06-16#Extend ur hand to help Cancer patient#क्यान्सर रोगी कल्पना सुब्बाको निम्ति आर्थिक सहयोगको अपील ...
2021-06-15#Mission Hill T.E.#Gorubathan#भारतीय सेनामा लेफ्टिनेन्ट बनेका विवेक छेत्रीलाई गोजमुमोद्वारा स्वागत
2021-06-14#World Blood Donor Day#Life Line social Organization#Gorubathan#विश्व रक्तदान दिवस पालन ...
2021-06-14#World Blood Donor Day#परिवर्तन सोसाइटी सुकुना र माइपाते थाप्साङ गैरसरकारी संस्थाद्वारा रक्तदान ...
2021-06-14#Bissombhareswar Shiw Mandir#Mangzing#Gorubathan#मांगजिङस्थित विश्वम्भरेश्वर शिव मन्दिरको उद्धघाटन
2021-06-13#Gorubathan chalak Mahasangh#गोरुबथान चालक महासंघद्वारा वाहनहरुको सेनिटाइज ...
2021-06-12#Covid19#International Human Rights Council Darjeeling District#खाद्यान्न सामाग्री बितरण ...
2021-06-11Talk show on Elimination of Child labour on the Day of World Day Against Child Labour 2021
2021-06-11#Voice of Pokhriabong#Online Competition#Best wishes#2nd Round# शुभकामना सन्देश ...
2021-06-11#Gorubathan Nagarik Manch# Gorubathan BPHC# गोरुबथान नागरिक मञ्चद्वारा खोप लगाउनेहरुलाई खाना बितरण
2021-06-10#Kurseong Municipality# ब्रिगेन गुरुङ खरसाङ नगरपालिकाका नयाँ अध्यक्ष निर्वाचित ...
2021-06-09#Kalimpong Press Club# पत्रकार रबिन गिरीका परिवारसित भेट गरि कालेबुङ प्रेस क्लबले चढ़ायो समवेदना
2021-06-09#Bir Birsa Munda#Gorubathan Web#आदिवासी समुदायद्वारा शहीद दिवस पालन ..
2021-06-07Voice of Pokhriabong - Gorubathan# Online Competition# 1st Round Result# Announced by Committee ..
2021-06-06करिब १६ वर्ष अघि बनाएको हास्य नाटक "खोई कसको टाउको" मनोरन्जनको निम्ति दर्शक सामु ल्याइरहेका छौ
2021-06-05माइपाते थापसङ गैरसरकारी संस्थाद्वारा विश्व पर्यावरण दिवसको अवसरमा वृक्ष रोपन ...
2021-06-05मांगजिंगमा विश्व पर्यावरण दिवस पालन
2021-06-05गोजमुमोको दुई खेमाबीच भनाभैरी हुनुमा उनीहरुको भनाइ के छ त? हेर्नुहोस् पुरा भिडियो ...
2021-06-05दुवै पक्षको आपसी सुझबुझमा नै अन्त भयो भनाभैरी काण्ड ...
2021-06-05सेनिटाजेसन गर्नेक्रममा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ आज गोरुबथानमा ...
2021-06-03नाटककार, लेखक, निर्देशक साथै कालेबुङ कलाकार सङठनका पूर्व अध्यक्ष शशी सुनामको निधनमा शोक प्रकट ...



Tags:
#Kurseong Municipality# New chairman#