रानी जमरा कुलरिया सिचाइ आयोजनाको विद्युतगृह (४.७१ मे.वा.) बाट उत्पादन भएको विद्युत |
Channel:
Subscribers:
1,040
Published on ● Video Link: https://www.youtube.com/watch?v=RJMPpIT9_j0
रानी जमरा कुलरिया सिचाइ आयोजनाको विद्युतगृह (४.७१ मे.वा.) बाट उत्पादन भएको विद्युत हिजो मिति २०८० माघ १६ गते देखि राष्ट्रिय ग्रिडमा जोडिएको छ । यस केन्द्रबाट वार्षिक करिब ४२ गिगावाट आवर विद्युत उर्जा उत्पादन हुने अनुमान रहेको छ । बाह्रै महिना एकनाशको विद्युत उत्पादन हुने भएको र महेन्द्रनगर (कञ्चनपुर) देखि लमही(दाङ्ग) सम्मको पश्चिम तराइमा भएको एकमात्र विद्युतकेन्द्र (पावरहाउस) भएकोले यसको उचित व्यवस्थापन गर्न सकिएमा यो क्षेत्रको भरपर्दो विद्युत आपूर्ति गर्नमा यसको महत्वपूर्ण योगदान हुने देखिएको छ ।
सम्बद्ध सबैलाई हार्दिक बधाई छ ।