कालेबुङका विद्यालयहरूमाझ नेपाली भाषामा प्रश्नोत्तरी अथवा Quiz आयोजना गरिने ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=ZBmqzi-puPM



Duration: 0:00
13 views
0


नेपाली भाषाले संविधानको आठौँ अनुसूचीमा मान्यता पाएको ३३ औँ वर्ष पुगेको उपलक्ष्यमा कालेबुङका विद्यालयहरूमाझ नेपाली भाषामा प्रश्नोत्तरी अथवा Quiz
आयोजना गरिने भएको छ।
आयोजक : मूल आयोजक चरित्र प्रोडक्सन, कालेबुङ जसले
आफ्नो स्थापना कालदेखि नै भाषासाहित्यको विकासको
दिशामा यथासक्य कार्य गरेर आइरहेको छ।

सह-आयोजक : अनुष्ठान परिवार जो नयाँ अध्याय सामाजिक
व्यवसाय भन्ने सोच लिएर भर्खरै आरम्भ भएको छ।

सहयोग: कालेबुङ प्रेस क्लब जसले चरित्र प्रोडक्सन‌का यस्ता अघिल्ला कार्यक्रमहरूतिर सहयोग गरेर आइरहेको छ।

उद्देश्य : नेपाली भाष शिक्षाप्रति विद्यार्थीहरू अनि समाजमा देखा परिरहेको ह्रास अनि उदा‌सीनता दूर
गरेर मातृ‌भाषाप्रति ध्यानाकर्षण गर्ने। नेपाली भाषा पनि अङ्ग्रेजी वा अन्य भाषाझैँ रोजगारको माध्यम
बन्नसक्ने प्रचुर स्रोतहरू हुँदाहुँदै पनि समाजमा यसप्रति ध्यान नपुगेको कारण यस दिशामा विद्यार्थीहरूलाई आकर्षित गर्ने।

किन प्रश्नोत्तरी वा quiz नै ?
नेपाली भाषा मान्यता
दिवसका उपलक्ष्यमा सबैले आआफ्नै शैलीमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गर्छन् जो स्वागत‌योग्य छी तर प्राय: जसो कार्यक्रमहरू पारम्परिक, पुरानो ढाँचामा सम्पन्न
हुने गरेको पाइन्छ। नयाँ तकनिक वा नयाँ विचारधारा लिए प्रतिस्पर्द्धाका
रूपमा मनोरञ्जनपूर्ण तरिकाले जीवन्त कार्यक्रम वा Live programme गर्ने दिशामा यो नौलो प्र‌यास हुनेछ जसमा भाषा, व्याकरण, साहित्य, संस्कृति सबै विषयलाई समाविष्ट गरिनेछ।

यसपालिको कार्यक्रम:
यो कार्यक्रम कालेबुङ‌का ६ वटा विद्यालयका १२ जना विद्यार्थीमाझ सम्पन्न हुनेछ जसमा
कन्या उच्चतर माध्यमिक विद्यालय, चन्द्रमाया उच्चतर माध्यमिक
विद्यालय, टिस्टा ब्रिज उच्चतर माध्यमिक विद्यालय,
कुमुदिनी विद्याश्रम, अलगढ़ा उच्चतर माध्यमिक विद्यालय अनि सप्रश्री ज्ञानपिठ रहेका छन्। अन्य कतिपय विद्यालयहरूले चाहेर पनि कतिपय
वाध्यतावश भाग लिन पाएनन्। यद्यपि पहिलोपालि नै यसरी
छ वटा विद्यालयहरूले भाग लिनु स्वागतयोग्य अनि महत्त्वपूर्ण कुरो हो।
कार्यक्रमबारे :
कार्यक्रम 20 अगस्त मङ्गलबार यहाँको वार्ड नम्बर 20 अन्तर्गत अतिशा पथमा स्थित
अनुष्ठान परिसरमा सम्पन्न हुनेछ। बिहान 10 बजीदेखि
आरम्भ हुने प्रतियोगितामा विभिन्न स्कुल तथा कलेजका
विद्यार्थीहरू लगायत साहित्य, समाज, खेलकुद, संस्कृति, शिक्षासित सम्बन्धित शुभचिन्तकहरूलाई उपस्थित भइदिने हार्दिक निमन्त्रणा छ।

सञ्चालन:
कार्यक्रमको सञ्चालन गर्न छुट्टै समिति गठन गरिएको छ जसमा कालेबुङका भाषा सचेत
व्यक्तिहरू श्री मणीन्द्र भुजेल, रुद्र कार्की, गणेश थापा, एके राई, अरुण रसाइली आदि रहेका छन् भने पर्यवेक्षकका रूपमा नेपाली भाषाका ज्ञाता सञ्जय विष्टज्यू रहनु हुनेछ।
क्विज मास्टरका रूपमा नेपाली भाषासचेत व्यक्तित्व हीरा छेत्री रहनेछन्।

यसरी नै कार्यक्रममा मुख्य अतिथिका रूपमा
सिक्कमबाट साहित्यकार श्री टी. बी. चन्द्र सुब्बाज्यू
उपस्थित रहनु हुनेछ। श्री सुब्बाले भर्खरै एउटा
ऐतिहासिक काम गर्नुभएको सर्वविदित छ। उहाँले भर्खरै एक ऐतिहासिक पुस्तकको भव्य विमोचन गर्नुभएको छ जुन पुस्तक सम्पूर्ण नेपाली-गोर्खा समाजका लागि एक विशेष अनि महत्त्वपूर्ण दस्तावेज बनेको छ।

आयोजनाबारे :
सम्पूर्ण कार्यक्रमको आयोजनाको खर्चपात चरित्र प्रोडक्सन‌ले आफ्ना शुभचिन्तक तथा निजी तौरमा बेहोर्ने प्रयास गरिरहेको छ। यद्यपि यसप्रकारको कार्यक्रमलाई उत्साह अनि प्रेरणा प्रदान गर्न समाजका हरेक तप्कामा साधारण मानिसहरू तथा सामाजिक संस्थाहरू अग्रसर भएर विद्यार्थीहरूका निम्ति विभिन्न पुरस्कारहरू प्रायोजना गरिरहेका छन्।

भावी कार्यक्रम : यो प्रतियोगितालाई कालेबुङमा प्रत्येक वर्ष आयोजना गर्ने प्रयास छ गर्ने जसका निम्ति सबैको सहयोग आवश्यक पर्नेछ।




Other Videos By Hello Web 24


2024-08-16लङभिउ कमानमा मजदुरहरूले घेरे म्यानेजमेन्ट अफिस...
2024-08-16Organic Guf with Parash Shah | Rap Singer | Contestant of Rap Battle Nepal - 2024 | 38th Episode …
2024-08-16अन्य समुदायहरु एक हुन सक्छ भने हामी किन एक हुन सक्दैनौं ? - गोरामुमो...
2024-08-16आरजी कर मेडिकल कलेज अस्पतालको घटनाले नारीहरू सुरक्षित छैन भन्ने भान भएको छ : उर्मिला रूम्बा
2024-08-16कोलकाताको डाक्टरको न्यायको लागि सिक्किम गेजिङका चिकित्सा कर्मचारी प्रतिवादमा उत्रिए
2024-08-1619 अगस्त 2024 को दिन नीम बस्ती गुम्बामा आयुको अभिषेक गरिने, भक्तजनलाई उपस्थित भइदिने अनुरोध
2024-08-16नगरपालिकालगायत सम्बन्धित विभागलाई लिगल नोटिस, नोटिस पठाएपछि यसो भन्छन् आरके शर्मा
2024-08-13KANCHENJUNGA MULTI UTILITY HALL : तपाईहरुको इच्छा अनुसारको मिटिङ्ग, पार्टी साथै कुनै पनि कार्यक्रम
2024-08-13दार्जीलिङमा ओपीडी र क्लिनिकहरू 2 बजिसम्म बन्द रहने...
2024-08-13स्वतन्त्रता दिवसको शुभकामना ...
2024-08-12कालेबुङका विद्यालयहरूमाझ नेपाली भाषामा प्रश्नोत्तरी अथवा Quiz आयोजना गरिने ...
2024-08-11Walk & Talk | Episode - 10 | गोरुबथानले बोकेको पर्यटनको सम्भावना अनि युवाहरुको भूमिका ...
2024-08-11जीबी थापा मेमोरियल प्राथमिक पाठशाला स्तरीय हाजिरी जवाब प्रतियोगिता सम्पन्न ...
2024-08-11मिरिक पञ्चायत समिति गठनको पहिलो वर्षगाँठ पालन
2024-08-11महा स्वास्थ्य जाँच शिविरको आयोजना गरिने...
2024-08-1178 औं स्वतन्त्रता दिवसलाई लिएर गोरुबथानमा तयारी युद्धस्तरमा ...
2024-08-10कार्यकारी सभासद रतन थापाको पहलमा माल बस्ती खेल मैदानको मरमति कार्य, स्थानीयवासीद्वारा आभार प्रकट
2024-08-10सावन महिनाको चौथो सोमबार पनि गुतेश्वर धाममा भक्तजनको देखियो भीड...
2024-08-10नासामा जाने कोशिष गर, नशामा होइन : प्रिमुस भोटिया, धावक
2024-08-10गोरुबथान थानालाई हात लाग्यौ ठुलो सफलता, ब्राउन सुगर सहित एक युवक पक्राउ ...
2024-08-09सिलगढी संलग्न क्षेत्रमा अवैध निर्माणलाई उच्छेद प्रक्रियामा स्थानीय मानिसहरुद्वारा विरोध प्रदर्शन...