संयुक्त माध्यमिक शिक्षक संगठन मिरिक महकुमा समितिको आयोजनमा सम्बर्द्धना कार्यक्रम सम्पन्न ...
संयुक्त माध्यमिक शिक्षक संगठन मिरिक महकुमा समितिको आयोजनमा आइतबार सौरेनी बजारमा सम्बर्द्धना कार्यक्रम सम्पन्न भयो। संगठनका अध्यक्ष पराग शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथिको रूपमा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका अध्यक्ष अनित थापा उपस्थित थिए भने विशिष्ट अतिथिमा जिल्ला स्कुल बोर्डका चेयरमेन छिरिङ्ग दाहाल, शिक्षा रत्न पुरुस्कारले सम्मानित डा. मिलन तामाङ, शिक्षिका कल्पना प्रधान, सौरेनी रबिन्द्रनाथ उमाविका प्रधानअध्यापक ज्ञाल्बोलगायत विभिन्न बिधालयका शिक्षक - शिक्षिकाहरु उपस्थित थिए। समारोहमा मुख्य अतिथि अनित थापाको बाहुलीबाट शिक्षारत्न पुरुस्कारले सम्मानित शिक्षक डा. मिलन तामाङ अनि शिक्षिका कल्पना प्रधानलाई सम्बर्द्धना जनाइयो। मनोहर शर्माद्वारा स्वागत भाषण राखिएको कार्यक्रमलाई शिक्षक पेमा तामाङ अनि शिक्षिका सेहनाज रामुदामुले सञ्चालन गरेका थिए।
Report
Deep Milan
Edit
Rohan Kulung
8637816394/ 9733161396.