आगामी २० दिसम्बरको दिन ८ औं कालेबुङ रत्न पुरस्कार समारोह हुने ...
आगामी २० दिसम्बरको दिन ८ औं कालेबुङ रत्न पुरस्कार समारोह हुने ...
कालेबुंग जिल्लाका ती नागरिकहरु जसले विभिन्न क्षेत्रमा महत्वपूर्ण र उल्लेखनिय योगदान पुर्याउदै अनि असाधारण सेवा गरे या अझै गरिरहेका छन यस्ता कालेबुंग जिल्लाका होनहार व्यक्तिहरु जसले कुनै ख्यातिप्राप्त् पुरस्कार अझ सम्म प्राप्त गरेका छैनन यस्ता व्यक्तित्वलाई र् अरुहरुलाई अझै प्रेरणा र प्रोत्साहन दिन कालेबुंग प्रेस क्लबले वर्षेनी कालेबुंगरत्न पुरस्कारले सम्मानित गर्ने गरिरहेकोछ।
तर कोरोना कालको समय क्लबले यसमा निरन्तरता दिन असक्षम बन्यो| जसलाई पुन यो सालदेखि निरन्तर प्रदान गर्ने क्रम प्रारम्भ गरेकोछ |
उसरीनै पूर्विय हिमाली भेकका होनहार पत्रकार जसले पत्रकारितालाई माध्यम बनाई समाजमा पनि उल्लेखनिय योगदान पुर्याइरहेकाछन तिनलाई एक्सिलेंस इन जर्नलिज्म (Excellence in Journalism) प्रदान गर्ने गरेकोछ।
पूर्व कालेबुंगरत्न पुरस्कार प्रापकहरु हुन- प्रथम कारपू प्रापक -सगरमाथा आरोही मनोज दाहाल, हकी गोलकिपर भरत छेत्री एव बागवानी विशेषज्ञ डा मिकथुक एस फनिङ| दोस्रो कारपू प्रापक - कलाकार ललित गोले; तेस्रो कारपू प्रापक - समाज सेवक सुदेस प्रधान; चौथो कारपू प्रापक - उद्यमी बबिता धमाला, पाचौ कारपू प्रापक - म्याराथन धाविका रोशनी राई, छैटौ कारपू प्रापक - वैज्ञानिक सुनिल कौल अनि सातौ कारपू प्रापक थिए उद्योग धन्दा र व्यवस्थापनमा लागेका लक्ष्मी लिम्बु कौशल ।
आठौ कालेबुंगरत्न पुरस्कार यस वर्ष शिक्षा र् सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका पुर्याउने व्यक्तिलाई दिइने भएको छ । निर्णायक टोलीकहाँ दुईवटा नाम मनोनित भएको थियो जसमध्ये यो पुरस्कार कालेबुंगकै छोरो जो एक नाम चलेका लेखक अनि विद्वान मानिन्छन उनलाई प्रदान गरिने भएकोछ| ती व्यक्तित्व हुन कालेबुंगको तनेक बस्तीका प्रोफेसर टी बी (टंक बहादुर) सुब्बा जो सिक्किम विश्वविद्यालयको उपकुलपति पनि रहेका थिए । उनले कालेबुंगको एक ग्रामिण क्षेत्रमा जन्म लिएर पनि शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन । उनले लेखेका 14 राष्ट्रिय, 4 अन्तर्राष्ट्रिय पुस्तक प्रकाशित भएकोछ भने असंख्य शोध पत्र, अन्तर्राष्ट्रिय शोधका विशलेषण गरेका, जोर्नलहरुका सम्पादन, पुस्तक निरुपण, राष्ट्रिय औ अन्तर्राष्ट्रिय सेमिनारमा वक्ता रहेका हुन |
उसरीनै पत्रकारिताद्वारा सामाजिक चेतना जगाउदै सफल एवँ फलप्रद पत्रकारिता गर्ने पूर्विय हिमाली भेकका होनहार पत्रकार जसलाई यस वर्षको Excellence in Journalism प्रदान गरिने भएको छ तिनी हुन खर्सांग निवासी पत्रकार संजय प्रधान| उनले 31 वर्ष देखि पत्रकारिता गर्दै वर्तमानमा मासिक पत्रिका, अनलाइन दैनिक पोर्टल, युट्युब र् फेसबुक पेज समाचार डीजीटल मिडिया सम्पादनमा संलग्न छन् |
उनीहरुलाई यी पुरस्कार प्रदान गर्न आगामी २० दिसम्बर २०२२ को दिन १०.३० बजे होटल ट्रेसमा एक पुरस्कार प्रदान समारोहको आयोजना कालेबुंग प्रेस क्लबले इस्टर्न हिमालयन जर्नालिस्ट युनियनसंग मिलेर गरिरहेकोछ | कालेबुंगका वरिष्ठ अधिकारी, सक्रिय सामाजिक संस्था र् प्रतिष्ठानहरुका पदाधिकारीहरु, जनप्रतिनिधि, राजनैतिक नेताहरु र वरिष्ठ नागरिकहरुको उपस्थितिमा सो पुरस्कार प्रदान गरिनेछ |