युवा कवि कमल भट्टराईकृत बाल कविता संग्रह " चकचके मुसी " - को बिमोचन
युवा कवि कमल भट्टराईकृत बाल कविता संग्रह " चकचके मुसी " - को बिमोचन
मिरिक I दिप मिलन प्रधान I 18 दिसम्बर 2022 I
नेपाली साहित्य लेखनमा दुई दशक देखि कलम चलाउदै आईरहेका बासबोटे निवासी युवा कवि कमल भट्टराईकृत बाल कविता संग्रह " चकचके मुसी " को बिमोचन आज भव्य समारोहबीच गरियो। मुस्कान समूह रिम्बिक - लोधोमा क्षेत्रको आयोजनामा सम्पन्न बिमोचन कार्यक्रममा मुख्य अतिथि वरिष्ठ साहित्यकार एम. पथिक उपस्थित थिए भने बिशिस्ट अतिथिहरुमा कवि कर्ण बिरह ,कवि प्रबिन खालिङ्ग, कवि अम्बर गुरुङ "लाछीकाठी"लगायत भारतीय प्रजातान्त्रिक मोर्चाका समष्टि सचिव मिलन प्रधान आदि उपस्थित थिए। बाल मनोबिज्ञानलाई प्राथमिकता दिइदै लेखिएको चकचके मुसीले बालकहरुको निम्ति पठनयोग्य बन्ने आशा गरिएको छ। डा. दिपेन तामाङले बर्तमान समयमा बालकविताहरु लेखिदै आएको बताउदै चकचके मुसी कविता संग्रहले बाल्य जीवनसित जोडिएका विभिन्न पक्षहरुलाई समेटने सफल प्रयास गरिएको बताए । डा.तामाङले कविता संग्रह माथी गहन बक्तब्य पेश गर्दै नेपाली बाल साहित्यमा चकचके मुसीले उत्कृष्ट स्थान बनाउन सकेको धारणा व्यक्त गर्दै बालबालिकाहरुले सो कविता संग्रहलाई पढने आग्रह गरे। बिनोद कुमार राई प्रकाशक रहेको उक्त कृतिको बिमोचन कार्यक्रमको अध्यक्षता एमसी राईले गरेका थिए।सो समारोहमा बिद्यार्थीहरुले चकचके मुसी कविता संग्रहबाट कविता पठन गरे । कार्यक्रमको दोस्रो चरणमा कवि गोष्ठीको पनि आयोजना गरियो जहाँ मिरिक , दार्जीलिङ , सिक्किम बासबोटे रिम्बिक , बिजनबारी क्षेत्रका कविहरुले कविता पाठ गरे। बिमोचन कार्यक्रममा क्षेत्रका वरिष्ठ नागरिकहरु लगायत साहित्यनुरागीहरुको सहभागीता रहेको थियो।