ट्रक चालकहरूको समस्याको समाधान नभए,हामी सडकमा ओर्लिन बाध्य हुने छौ: विनय तामाङ...
ट्रक चालकहरूको समस्याको समाधान नभए हामी सडकमा ओर्लिन बाध्य हुने छौ यो मनतब्य सभासद विनय तामाङले पोखेको हो।सभासद तामाङले पत्रकारहरूसंगको कुराकानीमा अधि भने गत केही दिनदेखि सिलगढीदेखि दार्जीलिङ चल्ने ट्रकहरू बन्द रहेको छ।ट्रक चालक एंव मालिक ऐसोसिएशनको पक्षबाट समस्याको समाधानको निम्ति धेरै पहलहरू चलाएको थियो तर आजसम्म कुनै समाधानको मार्ग निस्कन सकेको छैन।ट्रक बन्दको कारणले गर्दा दार्जीलिङको आम जनताले धेरै दुख पाई रहेको छ अनि ट्रक चालक एंव मालिकहरूले भोग्न परी रहेको कठिनाईहरूलाई पनि हामीले हेरी रहेका छौ दार्जीलिङ जिल्लाधिकारीलाई हामी अनुरोध गर्छौ ट्रक चालक एंव मालिकहरूको समस्याहरूलाई शीध्र समाधान गर्ने काम गरियोस सभासद तामाङले भने।तिनले अधि भने ट्रक चालक एंव मालिकहरूको समस्याहरूलाई समाधान गर्न राज्यको विभागीय अधिकारीहरू पनि अधि आउँन पर्छ, ट्रक बन्द गर्ने काम केवल दार्जीलिङ जिल्लालाई लिएर मात्र भई रहेको छ,कालेबुङ,जलपाइगढी जिल्लाहरूमा घाट बन्द गर्ने कार्यहरू भएको छैन।ट्रक बन्द भएको कारणले गर्दा पहाडमा खाध्य समाग्रीहरूको अभाव दिन दिनै बडदै जान्दैछ यसले आम जनतालाई धेरै समस्या पर्दैछ।अहिले खुक्खा समयमा पनि प्रशासनले बालुवा गिटटी बोक्न नदिनु,यस विषयमाथि सर्वोच्च न्यायलय एंव कुनै विभागको अडचन छ भने त्यसलाई समाधान गर्न विभागीय अधिकारीहरू अधि आउँनु पर्छ भन्ने सभासद तामाङले आहवान गरयो।ट्रक चालक एंव मालिकहरूको समस्यालाई जिल्ला प्रशासनले समाधान नगरे अनि यसको कारणले आम जनतालाई समस्या भए हामी सभासदहरू सडकमा ओर्लिन बाध्य हुने छौ सभासद विनय तामाङले भने।