हन्टापाडा ग्राम पञ्चायत कार्यालयमा भाजपाद्वारा ज्ञापन पत्र...
हन्टापाडा ग्राम पञ्चायत प्रधानलाई भाजपाद्वारा बिभिन्न माग लिएर ज्ञापन पत्र चडाइयो ।
सयदिने कार्यमा भइरहेको भ्रष्टाचार अनि पि एम ए वाइ(प्रधानमन्त्री आवास योजना)मा भएको अनियमितता लगायत बिभिन्न मागहरू लिएर मादारीहाट बिधान सभाका विधायक तथा चिफ ह्विप श्री मनोज तिग्गाको नेतृत्वमा ग्राम पञ्चायत प्रधानलाई ज्ञापन पत्र चडाइयो। हन्टापाडा, दुम्सीपाडा, गरगण्डा चिया कमानका धेरै मात्रामा जनताहरू भेला भएको थियो । ज्ञापन पत्र बुझाउन आघि र्याली गरेर एउटा जनसभा गरियो जसमा संयोजक किशोर विश्वकर्मा , पञ्चायत सदस्य सरिता मगर, शक्ति केन्द्र प्रमुख बिजय आले ,रोशन राई , आदिले आफ्नो बक्तब्य दिए। पश्चिम बङ्गाल सत्तासीन दलले साधरण जनतालाई भय देखाएर भ्रष्टाचार गरेको एवम् पश्चिम बङ्गालभरि शिक्षा एवमा विकासको कार्यमा भ्रष्टाचार गरेको आरोप विधायक मनोज तिग्गाले लगाए । अबको जनता सचेत भइसकेको छ । अब कुनै पनि हालतमा एउटा दलको अराजकता चलाउन दिने छैन भनी संयोजक किशोर विश्वकर्माले भने । अर्कातिर हन्टापाडा ग्राम पञ्चायत प्रधानले आजसम्म कार्यालयमा कुनै पनि भ्रष्टाचार नभ्एको कुरो बताए । हन्टापाडा ग्राम पञ्चायत अन्तर्गत धेरै सत्तासीन दलसँग रुष्ट बनेका साधलण जनताको बाक्लो उपस्थिति थियो ।