आउनुहोस् दुई दिने पारम्परिक खाद्य महोत्सवको मनोरंजन लिनुहोस् ...
गोरुबथानमा पहिलो चोटि हुन गइरहेको परम्परागत खाद्य महोत्सव - 2023 - मा आयोजक समितिको पक्षबाट सबै सबै महानुभावहरुलाई स्वागत जनाउदछौ। पर्यटनको मानचित्रभित्र गोरुबथानलाई गाभ्ने उदेश्य लिएर क्षेत्रको पर्यटन विकासहेतू धेरै वर्षदेखि निरन्तर कार्य गर्दै आइरहेको गोरुबथान टुरिजम डेभलपमेन्ट सोसाइटीको तत्वधानमा आगामी 6 अनि 7 जनवरी 2023 - को दिन सोमबारे बजारस्थित बाबरी खेल मैदानमा परम्परागत खाद्य महोत्सवको आयोजना गरिएको छ। यसर्थ, उक्त दुइ दिने महोत्सवमा सबै सबैलाई उपस्थित भइदिएर पारम्परिक खानाको साथमा लोक सांस्कृतिक कार्यक्रमहरुको मनोरंजन लिइदिन हुन आयोजक समितिको पक्षबाट हार्दिक अनुरोध गर्दछौ। कार्यक्रममा स्थानीय कलाकारहरुसंगै कालेबुंगका कलाकारहरुले लोक अनि आधुनिक गीत साथै नृत्य प्रस्तुत गर्नेछन भने 7 जनवरीको दिन जाइलिस एकाडेमी माल बजारका प्रोफेसनल मोडलहरुद्वारा ट्रेडिसनल फेसन सो पनि गरिने भएको छ। त्यसैले आफ्नो आगनमा प्रथमपल्ट भइरहेको यस महोत्सवको साक्षी बन्न नभुल्नुहोला।
आउनु होस् यो महोत्सवलाई सबै मिलेर सफल बनाउ। याद राख्नुहोस् ----
6 अनि 7 जनवरी 2023,
स्थान : बाबरी खेल मैदान, सोमबारे बजार।
समय : दिउसो 3 बजिदेखि रात्री 8 बजिसम्म।