आयो डक्युमेन्ट्री फिल्म 'छत्र'-को दोस्रो ट्रेलर , ७-८ जुन कालेबुङमा स्पेसल स्क्रिनिङ
आयो डक्युमेन्ट्री फिल्म 'छत्र'-को दोस्रो ट्रेलर , ७-८ जुन कालेबुङमा स्पेसल स्क्रिनिङ
दस वर्ष लामो जेलको यातना सहने एकताका जङ्गी नेता मानिएका छत्रे सुब्बाको सेरोफेरोमा रहेर तत्कालीन दार्जिलिङको राजनैतिक समय बताउने उद्देश्यसँग तयार गरिएको वृत्तचित्र छत्रे -को स्पेसियल स्क्रिनिङ ७-८ जुन कालेबुङको ड्रिम थिएटरमा हुने भएको छ। रियल फिल्म स्टोरीले लामो समय लगाएर निर्माण गरेको उक्त डक्युमेन्ट्री मार्फत दार्जिलिङको राजनैतिक इतिहास र समय देखाउने कोसिस गरिएको छ। राजनैतिक सरोकारवालाहरूका निम्ति केवल दुईवटा स्पेसियल सो राखिएको जनाउँदै निर्देशक राजेश प्रधानले भनेका छन् , " राजनैतिक दस्तावेजको अभावबिच हामीले डक्युमेन्ट्री मार्फत तत्कालीन समाज र राजनीतिलाई देखाउने कोसिस गरेका छौँ।आशा राखेका छौँ, यसले नयाँ पुस्तालाई पुरानो दिन र हाम्रो इतिहासबारे पक्कै केही दिनेछ।"
कहिलेकाहीँ मिथक जस्तो कथा बनेर बाँचेका इतिहासका पन्नाहरु पल्टाउने उक्त डक्युमेन्ट्री दार्जिलिङ बाहिरको दुनियाँलाई पनि देखाउने उद्देश्यसँग पनि बनाइएकाले पाहाडका निम्ति केवल दुईवटा सो राखिएको बताइएको छ।
सिमीत सिट रहेकाले उक्त डक्युमेन्ट्री हेर्न चाहनेहरूले +918918709009,+91 99672 07567, र
+917076366891 मा सम्पर्क गर्न सक्नुहुनेछ।