ICIMOD#Gorubathan Tourism Dev. society#ACT#गोरुबथानमा टुरिजम सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम
ICIMOD# Gorubathan Tourism Dev. society# ACT# गोरुबथानमा टुरिजम सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम ...
एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिजम (एक्ट) को पहल अनि गोरुबथान टुरिजम डेभलपमेन्ट सोसाइटी (जीटीडीएस) को सहयोगमा आइतबार आरसी मिशन कम्पाउण्डस्थित मोलोमुली होमस्टेमा टुरिजम सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो। जीटीडीएसका सल्लाहकार श्याम थापाको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रियात्मक कार्यक्रममा आइसीआइमूडका प्रतिनिधिद्वय डा. अनु कुमारी लामा (टुरिजम स्पेसलिष्ट) अनि डा. सुनैना बस्नेत (टुरिजम रिसर्च एसोसिएट) साथै एक्टका संयोजक ओशन लेप्चा प्रमुख रुपमा उपस्थित थिए। अन्तरराष्ट्रिय एकिकृत पार्वतिय विकाश केन्द्र ( आइसीआइमूड) ले विगत 39 वर्षदेखि आठवटा देशहरुमा विविध कार्यहरु गर्दै आइरहेको टुरिजम स्पेसलिष्ट डा. अनु कुमारी लामाले बताइन। हिमालयन र हिन्दुकुश माउण्टेन रेञ्जमा पर्ने अफगानिस्तानदेखि लिएर म्यानमारसम्मको क्षेत्रको संरक्षण र विकाशको पाटोलाई हेरेर त्यहाको नीति निर्माणको कार्यमा सहयोग गर्ने साथै क्षेत्रवासीको जीविका उपार्जनको निम्ति पाइलट कार्यक्रमहरु गरिरहेको पनि डा. लामाले बताइन। क्षेत्रको सामाजिक र आर्थिक विकाशमा पर्यटन पनि एउटा राम्रो माध्यम बनेको बताउदै उनीहरुले उक्त संस्थामा पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्दै आइरहेको पनि बताइन्। आइसीआइमूडमा अफगानिस्तान, बंगलादेश, भुटान, चाइना, भारत, म्यानमार, नेपाल र पाकिस्तान गरि आठवटा देशहरु रहेको उनले जानकारी गराइन। भारतको पश्चिम बङ्गालमा एक्ट संस्थासंग मिलेर कार्य गरिरहेको बताउदै एक्ट मार्फत नै उनीहरु गोरुबथान आइपुगेको बताइन। उनीहरु गोरुबथान पहिलोपल्ट आएको अनि आउदा बाटोमा यहाँको जुन भौगलिक सुन्दरता र बनावट उनीहरुले देखे त्यसले गोरुबथानमा पर्यटन गर्न सकिने धेरै सम्भावना रहेको पनि डा. लामाले बताइन। यहाँको पर्यटन सम्बन्धी अझ थप जानकारी बटुलेर भविष्यमा संगठनको माध्यमबाट के के गर्न सकिन्छ भन्ने कुरामा उनीहरुले कार्य गर्ने पनि बताइन। जीटीडीएसका सहसचिव देव प्रकाश राईद्वारा संचालित उक्त कार्यक्रममा उपस्थित गोरुबथान क्षेत्रमा होमस्टे संचालकहरुले आ-आफ्नो अनुभव साझा गरे भने स्थानीय साहित्यकार तथा अवकाशप्राप्त शिक्षक विलियम फिपनले होमस्टे संचालकहरुलाई यस विषयमा लागिपर्ने सुझाव दिए। उनले आफुले जानेको, बुझेको र आफ्नो पक्षबाट हुन सक्ने सहयोग पुर्याउने वचन दिए। जीटीडीएसका सभापति ओङ्ग्देन लेप्चाले आइसीआइमूडका प्रतिनिधिद्वय डा. अनु कुमारी लामा अनि डा. सुनैना बस्नेतलगायत एक्टका संयोजक ओशन लेप्चाप्रति आभार प्रकट गरे। उक्त अन्तरक्रियात्मक कार्यक्रमबाट पर्यटन व्यवसायमा लागिपरेका स्थानीय मानिसहरुलाई धेरै फाइदा पुगेको लेप्चाले बताए। उक्त कार्यक्रममा वरिष्ट नागरिक पिटर अल्बर्ट लेप्चा, जीटीडीएसका उपसभापति सुनिल छेत्री, विनोद छेत्री, प्रदिप राई, निर्जल राईलगायत सेरमाली, झन्डी, दालीम टार, राई गाउ, सुन्तले, नीम बस्ती आदि क्षेत्रका होमस्टे संचालकहरु उपस्थित थिए।
8637816394/ 9733161396.