छाब्दी बाराही मन्दिर,तनहुँ||छाब्दी बाराही नेपाल को एकमात्रै माछाको पुजा गरिन्या मन्दिर हो|#TRN MOTO
छाब्दी बाराही मन्दिर,तनहुँ.
छाब्दी बाराही तनहुँ जिल्ला मि अवस्थित एक प्रसिद्ध धार्मिक स्थल हो। यो जिल्ला सदरमुकाम दमौली बाट ५ कि.मि. का दूरी मि रयाछ।छाब्दी बाराही मन्दिरका पुजारी मगर समुदायका रहन्या चलन छ। छाब्दी बाराही नेपाल को एकमात्रै माछाको पुजा गरिन्या मन्दिर हो।
देश:
नेपाल
राज्य/अञ्चल:
गण्डकी
जिल्ला:
तनहुँ जिल्ला
छाब्दी बाराही तनहुँ जिल्लामा अवस्थित एक प्रसिद्ध धार्मिक स्थल हो। यो जिल्ला सदरमुकाम दमौली बाट ७ कि.मि.को दूरीमा छ। छाब्दी बाराही मन्दिरका पुजारी मगर समुदायका रहने चलन छ। छाब्दी बाराही नेपाल को एकमात्रै माछाको पुजा गरिने मन्दिर हो। यस स्थानसम्म पुग्न पैदल १ घण्टा लाग्छ तर अहिले यातायातको राम्रो सुविधा बनिसकेको छ ।
यो मन्दिरमा हाँस, परेवा एवं राँगाको बलि दिइने गरिन्छ। ढोर बाराही मन्दिर र छाब्दी बाराही मन्दिर भन्ने नाम मगर भाषाबाट आएको हो ।
हजारौँ बर्ष पहिले देखि यी दुबै देबी पुजा मगरहरुबाट गरिंदै आएको छ । यो मन्दिर लाई सत्यदेवीका नामबाट पनि स्थानीय बासिन्दाहरू तथा यस मन्दिरप्रति आस्था राख्ने मानिसहरूले परिभाषित गर्ने गर्दछन्।बाराहीूको अर्थ नै मगर भाषामा देबी भन्ने हुन्छ।
मगरहरुको धर्म संस्कृति अलग्गै किसिमको छ। यी दुई बाराहीहरु भने हिन्दु देबीहरु होइनन्। छाब्दी बाराही र ढोर बाराहीको दैबिक शक्ति प्रचुर मात्रामा भएकोले धेरै सम्प्रदायका मानिसहरुले पनि यी बाराहीहरुको पुजा अर्चना गर्दछन्।
यहाँ पूर्णिमा, पञ्चमी, अष्टमी ,नयाँ वर्ष तथा शनिबारका दिनहरूमा पूजाआजा र विशेष मेला लाग्ने गर्दछ । साथै औँसी, एकादशी र साउन महिनाभरी मन्दिर बन्द रहन्छ। यसो त उत्त समयमा देवी गुफा बस्न जाने मान्यता रहेको पाइन्छ।
यो मन्दिर माछाको पूजा गरिने नेपालको एक मात्र मन्दिर हो। यस मन्दिरको कुण्डमा सुनको टीका लगाएको माछा छ भन्ने पनि एक प्रकारको जनबिश्वास रहिआएको छ ।
पुर्णिमा, पन्चमी, अष्टमी, शनिवार र नयाँबर्षको दिन विशेष मेला लाग्दछ । औशी, एकादशी र श्रावण महिनाभर मन्दिर बन्द रहन्छ र यी दिनहरुमा देवी गुफामा बस्न जाने बिस्वास रहेको पाइन्छ । मगरहरुको विशेष यस देवी हिन्दु वा अन्य धर्मको देवीहरु भन्दा पृथक छन र यिनमा दैवी शक्ति प्रचुर मात्रामा रहेको बिस्वास गरिन्छ ।
यो तनहुँ जिल्लाका तीनवटा गा.वि.स.हरुको संगमस्थल हो । बजारबाट अलिक पूर्व दिशामा भीमकाय पहराको कोप्चेरोमा अवस्थित छ यो मन्दिर । त्यही पहराको काखमा रहेको कञ्चन पानीको कुण्डसंगै जोडेर माईस्थान स्थापना गरिएको छ ।
कुण्ड र माईस्थानको छेउबाट बग्ने नमादी अर्थात छाब्दी खोलामा घामै छेक्नेगरी बाम र कत्ले माछाहरु खेलिरहन्छन् । भक्तहरुको गन्ध पाउनासाथ कुण्ड र नदीको किनारामा आई चाराको आशा र प्रतीक्षा गर्दछन् । औंसी, एकादशी र साउन महीना बाहेक अन्य दिनहरुमा माईको पूजा, भाकल दर्शन र भेटी फलित हुने भएकाले प्रातःदेखि मध्यान्हसम्म भक्तहरुको घुंइचो लाग्दछ । पूजा आरम्भ भएपछि मात्र कुण्डमा बामहरु देखिन थाल्दछन् ।
गण्डक क्षेत्रका सात बहिनी माईहरु मध्येकी एक छाब्दी बाराही, धर्मभीरु भक्तहरुको आस्थाको धरोहर मानिन्छ । माईको पूजा, भाकल दर्शन र भेटीले मनोकांक्षा पूरा भएका र दीर्धरोगहरु समेत बिसेक भएका अनुभवहरु सुनाउँदछन् भक्त र पूजारीहरु ।
छाब्दी बाराहीको उत्पत्तिबारे अनौठो किंवदन्ती र विश्वास छ । परापूर्वकालमा कुनै दिन शिवजीको वीर्य पतन भयो र सो वीर्य कुनै नदीमा खेल्ने माछीले सेवन गरिन् परिणाम स्वरुप ती माछी गर्भिणी भईन् ।
एकदिन जलारी जालहान्दै जाँदा संयोगवश तिनै माछी जालमा परिन् । माझी (जलारी) ले माछीको पेट चिरेर हेर्दा एक कन्या पायो । ऊ सन्तानहीन भएकोले कन्यालाई आफ्नी पुत्री बनाई पाल्यो । काल वित्दै जाँदा कन्या हुर्कंदै गइन्, माझी बृद्ध हुँदै गयो ।
त्यसै उनले आफ्ना पिताको पेशा सम्हाल्दै घाटमा बस्ने र मानिसहरुलाई नदी तार्ने गर्न थालिन् । यो सेती र मादी नदीको संगमस्थलतिर थियो । संयोगको कुरा ती कन्याले एकदिन परासर ऋषिलाई नदी तार्दै थिइन्, उनको सौन्दर्यबाट ऋषि मोहित भए, अनि ती कन्यासंग रासलीलाको प्रस्ताव राखे । दिवाकाल भएकाले मानिसहरुले देख्ने र आफू माछीबाट जन्मेर माझी कूलमा हुर्केको कारणले शरीरबाट आउने माछाको गन्ध ऋषिलाई नमीठो लाग्ने हुँदा आफ्नो असमर्थता जाहेर गरिन् । तर ऋषिले अन्धकार सिर्जना गर्नका लागि कुहिरो उत्पन्न गरे र दुर्गन्ध हटाउनका लागि अत्तर सिर्जना गरी ऋतुदान गरे ।
यसको परिणाम स्वरुप ती मत्स्य कन्या गर्भवती भईन र व्यास ऋषिलाई जन्म दिइन् । केही काल पर्यन्त आफू कुमारी मै आमा बन्नुपरेकोमा सामाजिक हेपाई भोग्नु परेको कुरा पुत्र व्याससंग कहिन् । तब माताको सेवा र संरक्षण गर्नुपर्ने आफ्नो कर्तव्य संझी पुत्र व्यासले पूर्वको कुनै शान्त र निर्जन स्थलमा एक कुण्ड निर्माण गरे । सो कुण्डमा विभिन्न १०३ तीर्थस्थलहरुको जलल्याई भरिदिए र आफ्नी मातालाई त्यहीं बस्ने प्रबन्ध मिलाए । ती कन्यालाई सनातन शास्त्रमा मत्स्यगन्धा र सत्यवतीका नामले चिनिन्छ । पुत्रले मिलाएको प्रबन्ध अनुसार उनी त्यही कुण्डमा गई शीलाको रुपमा बास गरिन् । कलियुगमा उनलाई आस्थाका साथ छाब्दी बाराहीका रुपमा पूजागर्न थालियो ।
सांस्कृतिक मात्र होइन, वातारणीय पक्षबाट पनि अत्यन्तै सुरम्य छ, छाब्दी बाराही । चराहरुको चिरबिर चिरबीर आवाज, घण्टहरुको टिनिनिनि…..धून र धूपको वास्नाले भरिपूर्ण यो वातावरण बैरागी र सन्यासीहरुको मन वहलाउने स्थान हो ।
माईस्थानदेखि अलिकति माथिको थुम्को, समतल जमीन, पारीलो वातावरण, ठिङ्ग उभिएका कताकति सालका बुट्टा, वरपीपल चौतारी अनि वारीमा लटरम्म वाली । प्रणय गर्नेहरुका लागि रतिरागका बातमार्ने स्थान हुनसक्छ, यो । त्यसैले धर्मभीरु मात्र होइन, बैरागी, सन्यासी, वातावरणविद्, प्रकृतिप्रेमी, प्रेमजोडी वा जो कसैका लागि पनि त्यहाँ पुग्दा नवीनताको आभाष मिल्दछ ।
Nyschal Shrestha ::; https://youtu.be/CnmFD1jitQ8
Manoj Vlogs ::;https://youtu.be/kzxupRUT4mQ
MAKE SURE TO LIKE SHARE AND SUBSCRIBE THIS CHANNEL 🥰♥️🇳🇵🇳🇵🇳🇵