मिरिक महकुमा अन्तर्गत घैयाबारी चियाबारी भट्टीटार गाउँका 20 परिवारद्वारा टिएमसी पार्टीलाई समर्थन ...
आगामी 2021 मा सम्पन्न हुने राज्य बिधानसभा चुनावलाई केन्द्र गरेर दार्जिलिङ पहाडमा यतिबेला दलफेर्ने तथा दलमा सामेल हुने कार्यक्रम जारी रहेको छ।।यसै प्रसङ्गमा आज मिरिक महकुमा अन्तर्गत घैयाबारी चियाबारीको भट्टीटार गाउँका 20 परिवारले टिएमसी पार्टीलाई स्वेच्छाले समर्थन जनाउदै दलिय झन्डा ग्रहण गरे । स्थानीय सचेत युवा सागर लामाको नेतृत्वमा तथा पार्टी अध्यक्ष एलबी राईको बाहुलीबाट पार्टीको दलिय झण्डा ग्रहण गरे। दागोपापदेखि जीटीएसम्म आईपुग्दा पनि गाउँमा खानेपानी, सडकको ब्यवस्था , बेरोजगारी समस्या समाधान हुन नसकेको तथा बुजुर्ग नागरिकहरु विभिन्न सरकारी योजनाहरुबाट बन्चित रहेकोले आजसम्म पहाडको कुनै पनि क्षेत्रीय राजनैतिक दलहरुले गाउँका यावत् समस्याहरु समाधान गर्न नसकेको तथा समाधान गर्न चासो नदेखाएको फलस्वरूप नै आज हिल टिएमसीमा सामेल हुन बाध्य बनेको स्थानीय नागरिक किशोर तामाङले बिचार पोखे भने जागरुक युवा भुषन तामाङले गाउँमा शिक्षित बेरोजगारहरुको संख्या धेरै रहे पनि आजसम्म गाउँका एकैजना पनि सरकारी कर्मचारी नभएको बताउदै राज्यमा सत्तासिन तृणमुल सरकारले नै बेरोजगारहरुलाई न्याय दिने कुरामा आशावादी रहेको बताए। सभालाई पार्टीका मिरिक ब्लक समिति अध्यक्ष अनिल छेत्री , युवा एकाईका अध्यक्ष सोभन घिसिङ, रचित थापा, गङ्गा लामा आदिले सम्बोधन गरे। सभामा पार्टीका सुचना एवं प्रचार प्रसार प्रभारी सन्दीप प्रधान, बिकास सुब्बा, साङ्गे तामाङ, पेम्बा भुटिया आदि उपस्थिति थिए।
Camera/ Report
Deep Milan
Edit
Rohan Kulung
8637816394/ 9733161396.