एकीकृत कर्मचारी संगठनद्वारा विविध मागहरुलाई लिएर नौ दिनदेखि जिटिए क्षेत्रमा लगातार धर्ना प्रदर्शन ..
गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको विभिन्न बिभागहरुमा कार्यरत पे बेन्ड कर्मचारीहरुको संगठन "एकीकृत कर्मचारी संगठनले" स्थायीकरण लगायत अन्य मागहरुलाई लिएर बितेको नौ दिनदेखि जिटिए क्षेत्रमा लगातार धर्ना प्रदर्शन जारी राखेको छ।यसै प्रसङ्गमा आज मिरिकमा पनि संगठनले जिटिएको विभिन्न कार्यलय परिसरमा धर्ना प्रदर्सन गर्दै जिटिएले कर्मचारीहरुलाई अन्याय गर्न नपाउने तथा न्याय दिने माग गरेका छन् ।धर्ना प्रदर्सन पछि पत्रकारहरुसित कुराकानी गर्दै एकीकृत कर्मचारी संगठन मिरिक महकुमा समितिका अध्यक्ष लिलन थापाले बितेको तीस साल देखि दागोपाप हुँदै जिटिए सम्म आई पुग्दा पनि आफुहरु (कर्मचारीहरु )स्थायी हुन नसकेको दाबी गर्दै राज्य सरकारले जिटिएलाई स्थायिकरनको प्रक्रिया शुरु गर्ने अर्डर दिएता पनि जिटिएले अहिले सम्म पहल नगरेकोमा आपत्ति जनाए ।थापाले जिटिएलाई स्थायिकरनको प्रक्रिया शुरु गर्ने दायित्व राज्य सरकारले दिएता पनि जिटिएले ठोस पहल नगर्दा कर्मचारीहरु मौलिक अधिकार अनि सहुलियत बाट बन्चित हुन परिरहेको दाबी गरे ।संगठनका उपाध्यक्ष बिरेन्द्र गुरुङ र कृष्णमणि थापाले बिगत 2011 साल मा नै राज्य सरकारको जिओ नम्बर 9008 को सेक्सन नम्बर 54(ए) मुताबिक जिटिएलाई सब-अर्डिनेट कमिटीको माध्यम द्वारा कर्मचारीहरुलाई स्थायीकरन गर्ने तथा बि, सि अनि डि ग्रेड को कर्मचारी नियुक्त गर्ने प्रक्रिया शुरु गर्ने आदेस प्राप्त भएता पनि आजसम्म सरकारी आदेशको अवमानना गरिनुले कर्मचारीहरु माथी सरासर अन्याय भएको महसुश गरिएको दाबी गरे । द्वयले भने - हामी अहिले सम्म भोट बैंक मात्र भएर आएका छौ । । हामी लाई पे बेन्ड कर्मचारी पनि बनाइयो तर कुन ग्रेड को त्यो पनि अहिले सम्म थाहा नभएको दाबी गर्दै अब संगठनले स्थायीकरनको निम्ति अन्दोलन गर्ने प्रतिबद्धता व्यक्त गरे ।स्थायीकरन सङ्ग संगै दार्जीलिङ अनि कालेबुङ जिल्लाको कुल ३६१ जनाको डाइङ एन्ड हार्नेस केसको पनि छिनोफानो हुन पर्ने कुरामा जोड दिएका छन् ।उनले आउदो २०२१ को बिधान सभा चुनावको आचार सहिता लागु हुन भन्दा पहिलानै कर्मचारीहरु स्थायीकरन हुन पर्ने कुरामा आशा व्यक्त गरे । संगठनका केन्द्रीय सदस्य सुरेन गुरुङ अनि सचिव मिलन थापाले स्थायीकरनको समस्या समधागर्ने क्षमता जिटिएमा रहेकोले जिटिए चेयरमेन लगायत अग्रजहरुले यस बिषयमा सकारात्मक पहल गरे संगठनले पनि सकारात्मक सहयोग प्रदान गर्ने संगठनले निर्णय लिईएको जानकारी दिए।आगमी 2021 को बिधान सभा चुनावको आचार सहिता लागू हुन पुर्व नै समस्याको स्थायी समाधान हुने कुरामा आफुहरु आशावादी रहेको बिचार व्यक्त गर्दै संगठनले आउँदो 30 अगस्त सम्म स्थायिकरन अनि अन्य माग बारे जिटिएले ठोस निर्णय नलिइने संगठनको दार्जिलिङ जिला समिति खर्साङ्ग जिल्ला समिति , खर्साङ्ग महकुमा समिति अनि मिरिक महकुमा समितिको पक्षबाट कर्मचारीहरु बृहत आन्दोलनमा उत्रिने बताउदै लालकोठी , जिल्लापाल कार्यलय आदि समेतमा धर्ना प्रदर्सन गर्ने चेतावनी दिएका छन् ।
Report
Deep Milan
Edit
Rohan Kulung
8637816394/ 9733161396.