Agri-irrigation Deptt#inauguration#Gorubathan#सिंचाई परियोजनाको पानीको उद्धघाटन ...
Agri-irrigation Deptt#inauguration#Ahalay - II#Gorubathan#
आहाले ग्राम पन्चायत अन्तर्गत आहाले दुईमा एग्रिइरिगेशन बिभागमार्फत केही महिना अघि सिंचाईको निम्ति गरिएको पानीको शनिबार उद्धघाटन गरिएको जानकारी प्राप्त भएको छ। जीटीएका प्रिन्सिपल सेक्रेटरी तथा एडमिनिस्ट्रेटर सुरेन्द्र गुप्ताको बाहुलीबाट उक्त कार्यको उद्धघाटन गरियो। यस अवधि एग्रिइरिगेशन बिभागका एक्ज्युकेटिभ इन्जिनियर, स्थानीय नर बहादुर राई, चित्र प्रसाद राई, जेबी गुरुङ, कुमार गुरुङलगायत गाउलेहरु उपस्थित थिए। डीबी तामाङ कन्स्ट्रक्सनद्वारा गरिएको उक्त परियोजना दुङमाली झोडादेखि आहाले मठसम्म करिब 2 किलोमिटर रहेको छ। यस परियोजनाबाट आहाले दुइका 50 भन्दा अधिक मानिसहरुले खेतीपातीको निम्ति पानी उपभोग गर्न सक्ने जानकारी प्राप्त भएको छ। यसको निम्ति गाउलेको पक्षबाट एग्रिइरिगेशन बिभाग, जीटीएका प्रिन्सिपल सेक्रेटरी अनि विभागीय अभियन्ताप्रति आभार प्रकट गरेका छन्।
Camera
Prayash Kulung
Edit
Rohan Kulung
8637816394/ 9733161396.