Bhanu pala entertainment - को प्रस्तुति "कुरै कुरामा" टेलि श्रृंखलाको गरियो शुभ मुहूर्त
Bhanu pala entertainment - को प्रस्तुति (कुरै कुरामा) टेलि श्रृंखलाको आज गणेश मन्दिर परिसरमा सिने निर्देशक अमर रसाइलीको बाहुलीबाट क्लापिङ साथै बिक्रम पराजुलीको बाहुलीबाट नरिवल फुटाएर शुभ मुहूर्त गरियो। पहिलो वैशाखदेखि प्रदर्शनमा आउने निर्देशक पराजुली जानकारी गराए। उक्त टेलि श्रृंखला "कुरै कुरामा" गत कोभिड कालदेखि नै शुरु गरिए तापनि कतिपय कारणले निरन्तरता दिन सकिएको थिएन भने यसलाई पुन: शुरु गरिएको अनि अब प्रत्येक हप्ता दर्शकमाझ ल्याईने यस सिरिजका कथाकार तथा निर्देशक बिक्रम पराजुलीले जानकारी दिए। संरक्षक ललित गोले (पाला) - को दिशा निर्देशमा शुरु गरिएको सिरिजको कथा - निर्देशक बिक्रम पराजुली, सह निर्देशक-प्रशान्त क्षेत्री, क्यामेरा - शान्ति सन्तोष शर्मा, मेक अप - निङमा छिरिङ तामाङ, प्रोडक्शन म्यानेजर - अमित कुमार प्रधान छन् भने कलाकारहरुमा - भाइरल नरेश भण्डारी, दीपिका छेत्री, मनिता राई ( वाचिपा नाना), भक्ति बोगटी, मनी कुमार भुजेल, फुर्बा शेर्पा, प्रशान्त छेत्री, शान्ति सन्तोष शर्मा, निङमा छिरिङ तामाङ, अमित कुमार प्रधान, बाल कलाकारहरुमा देवश्ना खडका, श्रेया तामाङ आदि रहेका छन्।
यो सिरिज आउँदो पहिलो बैशाखदेखि bp entertainments youtube channel अनि bp entertainments facebook page मार्फत प्रदर्शनमा आउने भएको छ।