खरसाङ पञ्चायत समिति अधिनस्थ सबै पञ्चायत क्षेत्रमा नेपालीमा साइन बोर्ड लेखिनुपर्ने
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=YA7x0vLs9sc
खरसाङ पञ्चायत समिति अधिनस्थ सबै पञ्चायत क्षेत्रमा रहेका दोकानहरू, कार्यालयहरू, विद्यालयहरू,रेष्टुरेण्ट, होटेल, होमस्टे,अस्पताल, डिस्पेन्सिरी तथा अन्य सबैतिरका साइनबोर्ड, होर्डिङ आदितिर अन्य भाषासँगै नेपाली भाषालाई शीर्ष स्थानमा राखेर लेखिनुपर्नेछ।
नेपाली भाषा आठौँ अनुसूचीमा अन्तर्भुक्त भाषा हो। जीटीए क्षेत्रको बाहुल्य जनताले प्रयोगमा ल्याउने भाषा नेपाली हो। त्यसैले नेपाली भाषाको प्रयोग, संरक्षण हेतु जीटीएले दिएको निर्देश अनुसार पञ्चायत समितिले यस निर्देशको पालन गरेको छ।
नेपाली भाषा गोर्खाको पहिचान हो। संवैधानिक मान्यता प्राप्त गरेर मात्र हुँदैन, यसको प्रयोगले नै भाषाको विस्तार अनि संरक्षण हुन्छ।
अनु प्रधान
सभापति
खरसाङ पञ्चायत समिति