युवा सर्जक अमर शर्माको पहिलो कथा सङ्ग्रह "दक्षिणा" - को लोकार्पण
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=JXaMMSe9p5U
सोनादामा युवा सर्जक अमर शर्माको पहिलो कथा सङ्ग्रह दक्षिणा लोकार्पण गरियो। सोनादा साहित्य संस्थानको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता सोनादा साहित्य संस्थानको अध्यक्ष जोगेन दर्नालले गरेका थिए भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार डा गोकुल सिन्हा उपस्थित रहेका थिए। कार्यक्रममा स्वागत सम्भाषण सोनादा साहित्य संस्थानको सचिव एंव कवि नरेश कटुवालले राखेका थिए। कार्यक्रममा विनोद राई 'सागर', भीम क्षमित, सुरेन्द्र चामलिङ, नम्रता संस्कार, मनोहर शर्मा आदिले कविता वाचन गरेका थिए। कार्यक्रममा कथाकारको परिचय रसिक छेत्रीले राखेका थिए। उक्त लोकार्पित पुस्तकमाथि र कथाकारितामाथि समालोचक एंव प्राध्यापक डा. राजकुमार छेत्रीले समीक्षात्मक टिप्पणी राखेका थिए।