गोरुबथान खण्ड अन्तर्गत तीनवटा समष्टिमा गोजमुमो कालेबुङ जिल्ला समितिको तीन दिवसीय कार्यक्रम सम्पन्न
कालेबुङ जिल्ला अन्तर्गत जीटीएको तेह्रवटा समष्टिहरुमध्ये सुदुरवर्ती तीनवटा समष्टिमा सांगठनिक कार्यक्रम लिएर गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिको तीन दिवसीय कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको निम्ति मोर्चा कालेबुङ जिल्ला अध्यक्ष संचबीर सुब्बाको अगुवाइमा एउटा बिशेष टोली सांगठनिक भ्रमणमा निस्किएको थियो । उक्त टोलीले ४५ नम्बर समष्टिको चिसाङ-तोदेसम्म पुगेर सांगठनिक गतिविधि बिषय क्षेत्रीय प्रतिनिधिहरुसंग भेटगरी जायजा लिएका छन् । भ्रमण अवधी जुलुङ, सामसिङ - कुमाई, अप्पर फागु र गोरुबथानमा सांगठनिक सभाहरु सम्पन्न भएको छ। यी सभाहरुमा पार्टीका विभिन्न भातृ संगठनका नेतृत्वहरुले आ-आफ्नो गुनासोहरु पोख्दै आगामी दिनहरुमा कसरी संगठनलाई बलियो बनाई क्षेत्रको उन्नति गर्नुपर्छ भन्ने बिषय महत्त्वपूर्ण सुझावहरु राखेका थिए। उक्त सांगठानिक कार्यक्रम कालेबुङको तेह्रवटै समष्टिमा हुने र कार्यक्रमको समाप्तिपछि विभिन्न समष्टि समिति र भातृ संगठनलाई मजबुत बनाउन आवश्यक पहल गरिने टोलीका नाइके संचबीर सुब्बाले बताएका छन्। उक्त टोलीले विभिन्न क्षेत्रका क्वराण्टाइन सेन्टरहरुमा पनि भ्रमण गर्दै राहत सामाग्री पनि वितरण गरेका थिए । उक्त भ्रमण टोलीमा सुब्बालगायत केन्द्रीय समिति सदस्य रुदेन लेप्चा, जिल्ला समिति कार्यकारी अध्यक्ष रोशन राई, सांगठनिक सचिव बिनय घिसिङ, सह सचिव पंकज छेत्री, युवा मोर्चा जिल्ला अध्यक्ष बिदुर राई, युवा मोर्चा, कालिम्पोंग जिल्ला समिति सचीव अमिर बस्नेत, मिडिया प्रभारी सन्दीप घिसिङ, दानियल काबो आदि सामेल थिए ।
Report
Tabrash Haider Ali
Edit
Rohan Kulung
8637816394/ 9733161396.