बीओए सदस्य संचबीर सुब्बाद्वारा चेलखोला प्रभावित क्षेत्रको भ्रमण ...
बर्खायाम शुरु हुनेसाथ यहाँको सोम्बारे बजार दक्षिण, मायालु बस्ती अनि माल बस्तीका मानिसहरुलाई चेलखोलाको डरले सताउने गर्दछ। यी तीन वटा गाउको निम्ति बर्षेनी यो डर गाडे घाउ सरह भएको छ, कारण चेलखोलाको दुई किनारमा अहिलेसम्म भने जस्तो पक्का बाध लगाउन सकिरहेको छैन। यसको निम्ति स्थानीय मानिसहरुले सम्बन्धित निकाय अनि पार्टी कार्यकर्ताहरु समक्ष बर्षेनी पत्राचार गर्दै आएतापनि अझसम्म कुनै पक्षबाट यसको सुनुवाई भने भएको छैन। उक्त खोलाले बर्षेनी स्थानीय मानिसहरुको धेरै ज्यान - मालको नोक्सानी गर्दै आइरहेको छ। बर्खायाममा चेलखोलाले जुन बिकराल रुप धारण गर्छ, त्यो साच्चै भयावाह हुने गर्दछ। खोला छेउछाउमा घर हुनेहरु घर छोडेर अन्य घरमा बास बस्न जानेसम्म गर्दछन्। यसरी बर्षेनी मानिसहरुले जुन खोलाको डर लिएर बाचिरहेका छन् यसबाट छुटकारा पाउन भने अहिलेसम्म सकिरहेका छैनन्। केहीदिन अघि बीओए कालेबुंग जिल्ला सदस्य संचबीर सुब्बा सांगठानिक कार्यक्रमको निम्ति गोरुबथान आएको समयमा उनले चेलखोलाद्वारा प्रभावित क्षेत्रको भ्रमण गरेका थिए। यहाको सोमबारे पोस्ट अफिस छेउबाट मालबस्ती भित्तासम्म स्थलगत भ्रमण गरि स्थानीय मानिसहरुको समस्या र गुनासो सुनेपछि उनले भ्रमण स्थलबाटै सम्बन्धित विभागलाई फोन मार्फत सम्पूर्ण जानकारी गराएका थिए। उनले फोन मार्फत नै सम्बन्धित विभागले यथाशीघ्र उक्त क्षेत्रको जायजा लिएर जीटीएमा बुझाइदिने आदेश पनि दिएका छन्। यसका साथै बीओए सदस्य सुब्बाले उक्त खोलामा चाडै बाध निर्माण कार्य गरिने पनि स्थानीय मानिसहरुलाई आश्वाशन दिएका छन्। गोजमुमो गोरुबथान समष्टी एकका सभापति अजय प्रधानको अगुवाइमा रहेको भ्रमण टोलीमा कालेबुंग जिल्ला कार्यवाहक अध्यक्ष रोशन राई, सांगठनिक सचिव विनय घिसिंग, कोषाध्यक्ष पंकज छेत्री, युवा मोर्चा जिल्ला सचिव अमीर बस्नेतलगायत ओम प्रकाश कार्की, बबरु बहन राणा, काशीराम प्रधान, सनम थापा, नारी मोर्चा, युवा मोर्चा आदिका पदाधिकारीबर्ग थिए।
Edit
Rohan Kulung
8637816394/ 9733161396.