श्रमजीवी अधिकार अभियानको अन्तिम दिन...
श्रमजीवी अधिकार अभियानको अन्तिम दिन आज बिहान इच्छे बन बस्तीबाट शुरू भएको थियो। केन्द्र शासित भारतीय जनता पार्टी सरकारले पारित गरेको जनविरोधी कानुनहरूको विरोधमा सांस्कृतिक प्रतिवाद जनाउँदै हाल पहाडको विभिन्न क्षेत्रहरूमा श्रमजीवी अधिकार अभियान चलिरहेको छ।
कोरोनाकालमा जनमानसको मौनताको फाइदा उठाएर केन्द्र सरकारले पुँजीपतिहरूको पक्ष पोषण गर्न विभिन्न प्रकारका कानुनहरू पारित गरेको छ। श्रम कोड, कृषि कानुन, नीजिकरण साथै सरकारी सम्पत्तिहरू बिक्री गर्ने सरकारको नीतिको विरोध जनाउँदै गत 6 फरवरीदेखि शुरू भएको यस अभियानमा क्षेत्रका युवा-विद्यार्थीहरू, किसान - मजदुरहरूले पनि भाग लिइरहेका छन्। भाजपा/आरएसएसको फासीवादी आक्रमणको विरोधमा निकालिएको यस अभियानले आज अलगडा बजार, कालेबुङ, रेली, पाला, समलबुङ, सिङ्जी, चारखोल, समथार, पन्बु आदि क्षेत्रहरूको भ्रमण गरेको छ। यी क्षेत्रहरूमा पदसभा साथै सांस्कृतिक प्रतिवादको आयोजना गरेर जनमानसलाई केन्द्र सरकारको तानाशाही आक्रमण बारे सचेत गरिएको छ। विभिन्न स्थानहरूमा सम्पन्न भएको आजको पदसभाहरूलाई अभियान कर्तहरू कपिल तामाङ, समीक चक्रवर्ती, लाल सिंह भुजेल आदिले सम्बोधन गरेका थिए। सांस्कृतिक कर्मीहरूले जनवादी गीतहरू प्रस्तुत गरेर अभियानलाई थप उर्जाशील बनाएका थिए। आज साझ अभियान सेवकमा पुगेर समापन भयो।
Edit
Rohan Rai Kulug
8637816394/9733161396/9800113441