गोजमुमो महासचिव अनित थापा कोरोना जस्तो घातक रोगलाई पर्वाह नगरि मानवताको निम्ति अघि आए ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=NehaIvYWH70



Duration: 3:16
191 views
6


"मृत्यु पश्चात पनि व्यक्तिले सम्मान पाउनु पर्छ" -  अनित थापा

इन्द्र बहादुर प्रधान तीनधारे राजबाडी निवासी ५ मईको दिन कोरोना सङ्क्रमित भएर त्रिवेणी कोविड अस्पतालमा भर्ना भएको थिए । त्यहाँ उनको स्वास्थ्यमा सुधार आएपश्चात उनलाई पुनः खरसाङ अस्पताल रेफर गरियो। हिज राती उनको स्वास्थ्यमा अचानक गिरावट आयो अनि रातको करिब ५:३० बजे अस्पतालमा नै उनको निधन भयो।
जुएल प्रधान, दिवङ्गत इन्द्र बहादुर प्रधानका सुपुत्र भन्छन, " त्रिवेणी अस्पतालमा गोजमुमो महासचिव अनित थापाको परामर्श अनुसार नै मैले लगेको थिए। बाबाको मृत्यु समय म एक्लै थिएँ। म आत्तिए। मेरो सामु न त परिवारका सदस्यहरू थिए न त गाउँका कुनै व्यक्ति। यस्तो समयमा महासचिव अनित थापाले स्वयं फोन गरेर मेरो आँट बढाइदिनु भयो।"
उनी भन्छन, " यो कोविद महामारीको समय मैले कहींबाट पनि समयमा सहयोग पाउनु नसकेको बेला अनित थापाले मेरो निम्ति ठूलो उपकार गर्नु भएको छ। मेरो परिवारसम्म नजिक नभएको समय अनित थापा मेरो निम्ति स्वयं आएर सबै कुराको चाँजो मिलाईदिनु भयो। "
महासचिव थापा बिहान ६:३० बजे नै अस्पताल पुगे। उनको साथमा नगरपालिकाका कमिश्नर, अधिकारी अनि कर्मचारी पनि थिए।
कोरोना महामारीको समय शवलाई अन्तिम संस्कार गर्न नै मुख्य समस्या विगत दिनहरूमा देखिएको हो। नगरपालिकाका उपाध्यक्ष ब्रिगेन गुरुङ, पार्षद सुबास प्रधानको निर्णय अनुसार शवको अंतिम संस्कार खरसाङ शव घाटमा नै गर्ने निधो भयो। शवलाई कोविड प्रोटोकल पालन गर्दै खरसाङ शव घाटमा लगेर नगरपालिका अनि परिवार सदस्यले अन्तिम संस्कार विधिवत् तरिकाले गरे।
अनित थापा भन्छन, " शवलाई तीनधारे लैजाने कि नलैजाने भन्ने विषय अन्योल भइरहेको थियो। जोएल भाईसंग मेरो जोगाजोग राति नै भएको थियो। उनको अन्योलता देखेर मैले भने कि आतिनु पर्दैन। बिहान आएर सबै कुराको प्रबन्ध हुन्छ। आज बिहान नगरपालिकाका उपाध्यक्ष ब्रिगेन गुरुङको टीम अनि म बसेर अन्तिम संस्कार सम्मानसाथ खरसाङमा नै गर्ने निधो गर्यौ।"
अनित थापा अझ भन्छन, " जोएल भाइले आफ्नो बाबा गुमाउनु भनेको ठूलो क्षति हो। तर मृत्यु पश्चात पनि मर्ने व्यक्तिले सम्मान पाउनुपर्छ भन्ने मेरो धारणा छ। उनको अन्तिम संस्कार विधिवत् तरिकाले सम्मानपुर्वक हुनु पर्छ। मैले बारम्बार भनेको छु कि डाक्टर अनि नर्सहरूले कोविड पोजिटिभलाई नेगेटिभ बनाउन दिनरात एक गरेर काम गरिरहेका छन्। यो समय म भन्छु हाम्रो मानवतालाई कोविदले जित्नु दिनु हुँदैन।"
Edit
Lenin Rai
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2021-06-05गोजमुमोको दुई खेमाबीच भनाभैरी हुनुमा उनीहरुको भनाइ के छ त? हेर्नुहोस् पुरा भिडियो ...
2021-06-05दुवै पक्षको आपसी सुझबुझमा नै अन्त भयो भनाभैरी काण्ड ...
2021-06-05सेनिटाजेसन गर्नेक्रममा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ आज गोरुबथानमा ...
2021-06-03नाटककार, लेखक, निर्देशक साथै कालेबुङ कलाकार सङठनका पूर्व अध्यक्ष शशी सुनामको निधनमा शोक प्रकट ...
2021-06-03कोभिडको भ्याक्सिन लगाउन आउने मानिसहरुलाई गोरुबथान नागरिक मन्चद्वारा खाना प्रदान ...
2021-06-01सुर्सुम कोर्डा कोविद केन्द्र दार्जीलिङलाई गोजमुमो महासचिव थापाद्वारा कमप्युटराइज्ड ईसीजी मसिन प्रदान
2021-05-31कोविद - 19 को दोस्रो लहर खतरनाक भएकोले सबै समयमा नै सतर्क भइदिने गोरुबथान बिएमओएचको अनुरोध ...
2021-05-31दार्जीलिङका सांसद राजु विष्टद्वारा गोरुबथान खण्ड स्वास्थ्य केन्द्रलाई आवश्यकीय सामाग्री प्रदान ...
2021-05-30गोजमुमो बिनय खेमा समष्टी कमिटी अनि महकुमा समितिको संयुक्त आयोजनामा सोमबारे बजार परिसरमा सेनिटाइजेसन
2021-05-30ग्राम पंचायत कर्मचारी योगेश राईले देखाइदिए मानवताको उद्धाहरण ...
2021-05-29गोजमुमो महासचिव अनित थापा कोरोना जस्तो घातक रोगलाई पर्वाह नगरि मानवताको निम्ति अघि आए ...
2021-05-29गायन अनि नृत्यलाई खुल्ला प्रतियोगिताको रुपमा राखिएको जानकारी ...
2021-05-28एकसमय गोरुबथानको नारायण गोपाल भनेर चिनिन्ने गायक कुमार रनपहेली उत्तरबंग उत्सवमा आफ्नो प्रस्तुति दिदै
2021-05-28पार्टी कार्यकर्ता फुलचन्द कुजूरलाई अन्तिम श्रद्धान्जली अर्पण गर्न गोजमुमो महासचिव पुगे लङभ्यू भ्याली
2021-05-25आहाले दुईका युवाहरुद्वारा गाउ घरमा गरे सेनिटाइज ...
2021-05-24अप्पर अनि लोवर माङ्गजिङका गाउलेहरुद्वारा आफु हिड्ने सडकको मरमति साथै सफाई ...
2021-05-23आदिवासी कल्याण समितिद्वारा लोवर फागु चियाबारीका श्रमिकहरुलाई मास्क वितरण ...
2021-05-23गोरुबथानका पत्रकार अनि चालकहरुलाई लगाइयो कोविद 19 को पहिलो भ्याक्सिन, प्रेस क्लबद्वारा आभार प्रकट ..
2021-05-22माल बस्ती युसीएनआइ चर्च गोरुबथानद्वारा सेफ होमका कोविद सङ्क्रमितहरुलाई पौष्टिक खाध्यान्न वितरण ...
2021-05-22भोइस अफ पोख्रेबुङको आयोजनामा सम्पन्न भइरहेको मेरो प्रतिभा नामक प्रतियोगिताको निम्ति शुभकामना ...
2021-05-19ग्रामीण क्षेत्रमा पनि प्रशासनले आवश्यक पहल गर्नुपर्ने माग गर्दै क्रामाकपाले डीएमलाई गर्यौ पत्राचार