ग्राम पंचायत कर्मचारी योगेश राईले देखाइदिए मानवताको उद्धाहरण ...
बर्तमान परिस्थितिमा चारैतिर कोविद 19 को प्रकोप बढ्दो अवस्थामा छ। यसको रोकथामको निम्ति फ्रन्टलाइन वर्कर अघि आएर आ-आफ्नो पक्षबाट सक्दो कार्य गरिरहेका छन्। स्वास्थ्य कर्मीहरुले सङ्क्रमित मानिसहरुको उपचारसंगै दैनिक रुपमा भ्याक्सिन लगाउने कार्य गरिरहेको देख्न सकिन्छ। यस्तो विकट स्थितिमा आहाले ग्राम पंचायत कर्मी योगेश राईले एउटा उद्धाहरणीय कार्य गरेका छन् जो प्रशंसनीय छ। शनिबारको दिन गोरुबथान खण्ड विकाश कार्यालय अनि खण्ड स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा लोवर फागु चियाबारीमा स्पेसल भ्याक्सिनेसन कार्यक्रम सम्पन्न भएको थियो। यसैक्रममा आहाले ग्राम पंचायत ग्रुप डी कर्मचारी योगेश राई घर घरमा गएर भ्याक्सिन लगाएको छ कि छैन भनेर सोधखोज गर्दै जादा उराव लाइनमा एकजना 78 वर्षीय आदिवासी बृद्ध घरमै बसिरहेको देखे। ती बृद्ध प्यारालाइज्ड भएका कारण उनलाई भ्याक्सिन लगाउने इच्छा हुदा हुदै पनि जान नसकेको अनि आफ्ना श्रीमती पनि कमजोर भएकोले लान नसकेको राईले थाहा पाएपछि आफ्नो पिठ्युमा बोकेर भ्याक्सिन लगाउने स्थलमा पुर्याएर भ्याक्सिन लगाइदिएपछि पुन: बोकेर घरसम्म पुर्याइदिएका थिए। कोविद जस्तो घातक रोगबाट सबै बाच्नुपर्छ भन्ने सोच लिएर सरकारले गाउ - गाउमा भ्याक्सिन लगाउने कार्यक्रम गर्दैछ भने यस अवसरबाट कोही पनि मानिसहरु बन्चित हुनुहुदैन भन्ने सोच पंचायत कर्मचारी राईको रहेको छ। मिडिया र पब्लिसिटीबाट सधै टाढा रहने अनि मानव हितमा कार्य गर्न रुचाउने तिनको स्वभाव रहेको छ। स्मरण रहोस्, योगेश राई एक समय गोरुबथान क्षेत्रका परिचित संगीतकार पनि हुन्। उनको संगीतमा गोरुबथानमा धेरै गीत रेकर्ड भइसकेको छ।
Camera
Rohan Kulung
Edit
Lenin Rai
8637816394/ 9733161396.