सुर्सुम कोर्डा कोविद केन्द्र दार्जीलिङलाई गोजमुमो महासचिव थापाद्वारा कमप्युटराइज्ड ईसीजी मसिन प्रदान

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=gIU9lsNWq-k



Duration: 6:00
96 views
5


सुर्सुम कोर्डा कोविद केन्द्र दार्जीलिङलाई गोजमुमो महासचिव अनित थापाद्वारा कमप्युटराइज्ड ईसीजी मसिन प्रदान

"यसरी नै मिलेर हामीले काम गर्यौ भने पहिला जस्तो यसपाली पनि हामी कोविदलाई जितेर मुक्त हुनेछौ।" अनित थापा

आज अनित थापा सन्त जोसेफ स्कूल, दार्जीलिङ पुगेका थिए। उनले कोविद केन्द्रका सञ्चालक फादर भर्गिसलाई भेटेर मसिन हस्तान्तरण गरे।
महासचिव थापाले भने, "कोविद संक्रमणलाई रोकथाम गर्नु अनि त्यसको व्यवस्थापनमाथि दार्जीलिङ्ग पहाडमा धेरै काम भइरहेको छ। डाक्टर, नर्सहरु दिनरात खटिरहेका छन। सरकारी अस्पतालहरूमा कोविद वार्डमा कोविद सङ्क्रमितहरुको उपचार भइरहेको छ। जीटीए प्रशासन अनि स्वास्थ्य विभागले सराहनीय कार्य गरिरहेका छन्।" 
सुर्सुम कोर्डा कोविद केन्द्र, दार्जीलिङलाई दिइएको सहयोगमाथि टिप्पणी गर्दै उनी भन्छन, "फादरहरुको नेतृत्वमा दार्जीलिङ्ग शहरमा कोविद महामारीलाई रोक्न, अस्पताललाई हुने प्रेसरलाई सहयोग पुर्याउन सूर्सुम कोर्डा कोविद केन्द्र सञ्चालन भएको हो। उहाँहरूको सराहनीय कार्यलाई हामीले केही सहयोग गर्न सक्छौ कि भनेर आज मैले कमप्युटराइज्ड इसिजी मशिन प्रदान गरेको हुँ।
फादरहरुसंग म शुरुदेखि नै सम्पर्कमा रहेको छु। उहाँहरूको कार्यमा मेरोबाट हुनसक्ने सहयोग दिँदै आएको छु। कोविदको लड़ाईमा हामी सबै एक भएर कार्य गरिरहेका छौ। यदि यसरी नै मिलेर हामीले काम गर्यौ भने पहिला जस्तो यसपाली पनि हामी कोविद लाई जितेर मुक्त हुनेछौ।
मंग्पू अस्पतालमा पनि यस्तो ईसीजी मसिन केही दिनमा नै उपलब्ध गराउँदैछु।"
केन्द्रमा कोविद संक्रमण भएर आउने ३०% व्यक्तिहरू डायबेटिजको बिरामी पाइएको छ। स्वास्थ्य सुरक्षा अनुसार यस्ता बिरामीहरूको नियमित रूपमा हृदयको जाँच भइरहनु पर्छ जब उनीहरूको कोविदको उपचार हुँदछ।
सुर्सुम कोर्डा कोविद केन्द्र दार्जीलिङ्गको सन्त जोसेफ स्कूल अनि कलेज परिसरमा येशू समाजी फादरहरुले सञ्चालन गर्दै आएका छन्। अनित थापाले केन्द्र सञ्चालन भएको प्रथम दिनमा नै केन्द्रलाई चाहिने दुई महिनाको निम्ति खाद्यान्न प्रदान गरेका थिए। फादर भर्गिसले महासचिव थापाप्रति आभार प्रकट गरेका छन्।
Edit
Lenin Rai
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2021-06-09#Bir Birsa Munda#Gorubathan Web#आदिवासी समुदायद्वारा शहीद दिवस पालन ..
2021-06-07Voice of Pokhriabong - Gorubathan# Online Competition# 1st Round Result# Announced by Committee ..
2021-06-06करिब १६ वर्ष अघि बनाएको हास्य नाटक "खोई कसको टाउको" मनोरन्जनको निम्ति दर्शक सामु ल्याइरहेका छौ
2021-06-05माइपाते थापसङ गैरसरकारी संस्थाद्वारा विश्व पर्यावरण दिवसको अवसरमा वृक्ष रोपन ...
2021-06-05मांगजिंगमा विश्व पर्यावरण दिवस पालन
2021-06-05गोजमुमोको दुई खेमाबीच भनाभैरी हुनुमा उनीहरुको भनाइ के छ त? हेर्नुहोस् पुरा भिडियो ...
2021-06-05दुवै पक्षको आपसी सुझबुझमा नै अन्त भयो भनाभैरी काण्ड ...
2021-06-05सेनिटाजेसन गर्नेक्रममा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ आज गोरुबथानमा ...
2021-06-03नाटककार, लेखक, निर्देशक साथै कालेबुङ कलाकार सङठनका पूर्व अध्यक्ष शशी सुनामको निधनमा शोक प्रकट ...
2021-06-03कोभिडको भ्याक्सिन लगाउन आउने मानिसहरुलाई गोरुबथान नागरिक मन्चद्वारा खाना प्रदान ...
2021-06-01सुर्सुम कोर्डा कोविद केन्द्र दार्जीलिङलाई गोजमुमो महासचिव थापाद्वारा कमप्युटराइज्ड ईसीजी मसिन प्रदान
2021-05-31कोविद - 19 को दोस्रो लहर खतरनाक भएकोले सबै समयमा नै सतर्क भइदिने गोरुबथान बिएमओएचको अनुरोध ...
2021-05-31दार्जीलिङका सांसद राजु विष्टद्वारा गोरुबथान खण्ड स्वास्थ्य केन्द्रलाई आवश्यकीय सामाग्री प्रदान ...
2021-05-30गोजमुमो बिनय खेमा समष्टी कमिटी अनि महकुमा समितिको संयुक्त आयोजनामा सोमबारे बजार परिसरमा सेनिटाइजेसन
2021-05-30ग्राम पंचायत कर्मचारी योगेश राईले देखाइदिए मानवताको उद्धाहरण ...
2021-05-29गोजमुमो महासचिव अनित थापा कोरोना जस्तो घातक रोगलाई पर्वाह नगरि मानवताको निम्ति अघि आए ...
2021-05-29गायन अनि नृत्यलाई खुल्ला प्रतियोगिताको रुपमा राखिएको जानकारी ...
2021-05-28एकसमय गोरुबथानको नारायण गोपाल भनेर चिनिन्ने गायक कुमार रनपहेली उत्तरबंग उत्सवमा आफ्नो प्रस्तुति दिदै
2021-05-28पार्टी कार्यकर्ता फुलचन्द कुजूरलाई अन्तिम श्रद्धान्जली अर्पण गर्न गोजमुमो महासचिव पुगे लङभ्यू भ्याली
2021-05-25आहाले दुईका युवाहरुद्वारा गाउ घरमा गरे सेनिटाइज ...
2021-05-24अप्पर अनि लोवर माङ्गजिङका गाउलेहरुद्वारा आफु हिड्ने सडकको मरमति साथै सफाई ...