पार्टी कार्यकर्ता फुलचन्द कुजूरलाई अन्तिम श्रद्धान्जली अर्पण गर्न गोजमुमो महासचिव पुगे लङभ्यू भ्याली
"मान्छेले जीवित हुँदा जुन सम्मान समाजबाट पाएको हुन्छ, उनको मृत्युको समय पनि त्यही सम्मान साथ उनको अन्तिम संस्कार हुनुपर्छ भन्ने मेरो विचार छ। त्यसैले म धेरै अन्तिम संस्कार भएको घरमा आफै पुग्दैछु। मेरो उपस्थिति भनेको संदेश हो। मानवताको संदेश, सम्मानको सन्देश। कोविडले हाम्रो मानवतालाई जित्नु नसकोस।" - अनित थापा
फुलचन्द कुजूर भाईले अन्तिम स्वाससम्म जिन्दगीसंग लडे। प्रथम उनले कोरोनालाई परास्त गर्न सक्षम बने। तर कोरोना संक्रमणको प्रभाव ज्यादा हुनकारणले उनमा अन्य स्वास्थ्य समस्या सुरु भयो। त्यही स्वास्थ्य बिग्रँदै हिज राती 11.00 बजे उनको देहवासन भयो।
गोर्खा जनमुक्ति मोर्चाले फेरि एक युवा नेतृत्व गुमायो। मैले नजिकबाट चिनेको भाई कुजूर। उनको निधन मेरो निम्ति व्यक्तिगत दुःखको घटना हो।
फुलचन्द भाई आदिवासी समाजलाई प्रतिनिधित्व गर्ने असल ब्यक्ति थिए। गोर्खा जनमुक्तिले मात्र नभएर लङभ्यू भ्यालीले एक राम्रो मान्छे गमाएका छौं।
उनको अन्तिम संस्कार विधिपूर्वक सम्पन्न गर्यौं। म स्वयं उपस्थित थिए। पानी परेको परेकै। तर वर्षा पनि नभनी उनका आत्मीय, परिवार, साथीहरू, छिमेकी अनि पार्टीका कार्यकर्ताहरु उनलाई अन्तिम विदाई दिनु आएका थिए।
गत केही महिनादेखि कोरोनाको कारण मृत्यु हुनेको संख्या पहाडमा बढेको बढेकै छ। कतिले कोरोनालाई पराजित गर्न सके तापनि कोरोनाले स्वास्थ्यमा सृजना गरेको कुप्रभावको चोटको कारण पनि उनीहरूको मृत्यु भई रहेको छ। यसरी असामयिक मृत्यु कुनै पनि कोणबाट राम्रो होइन।
कोरोना संक्रमण हुनुदेखि बाँच्नु नै अहिलेको समयको मांग हो। संक्रमणदेखि बाँच्न सकिए जीवन जिउनु सकिन्छ। कोविडसंग डराउनु पर्छ तर डरको कारण मानवता हराउनु हुँदैन। डाक्टर नर्सहरूले कोविड बिरामीहरूको उपचार गर्न अनि निरोगी बनाउन कम्मर कसेका नै छन। तरै पनि कति कारणवस् संक्रमित व्यक्तिहरूको निधन हुँदैछ। हामीले डाक्टर, नर्सहरूको प्रयासको सरहना गर्नु नै पर्छ।
मान्छेले जीवित हुँदा जुन सम्मान समाजबाट पाएको हुन्छ, उनको मृत्युको समय पनि त्यही सम्मान साथ उनको अन्तिम संस्कार हुनुपर्छ भन्ने मेरो विचार छ। त्यसैले म धेरै अन्तिम संस्कार भएको घरमा आफै पुग्दैछु। मेरो उपस्थिति भनेको संदेश हो। मानवताको संदेश, सम्मानको सन्देश। कोविडले हाम्रो मानवता लाई जित्नु नसकोस।
खरसाङ महकुमामा कोरोना मृत्युको दर बेसी नै पाउँछौ। जीटीए प्रसाशन, स्वयं सेवकहरुले काम पनि गरी नै रहेका छन। तथापि मृत्यु बढेको बढेकै छ।
त्यसैले म पुनः अपील गर्छु, आवश्यक परेको खण्डमा मात्र घरदेखि बाहिर निस्कनु होस। बाहिर जाँदा मास्क लगाउनु, दूरी राख्नु नबिर्सनु होस।
हामीले हाम्रो पहाडलाई बचाउनु नै पर्छ।
अनित थापा
महासचिव
गोर्खा जनमुक्ति मोर्चा
Edit
Lenin Rai
8637816394/ 9733161396.