चौरस्ताको सुन्दरतालाई अझ सुन्दर बनाउन दानपाले गरयो हाई माक्सको शिलान्यास
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=XmaL8QN9ddA
दार्जीलिङ 30 सेप्टेम्बर 2022 II
चौरस्ताको सुन्दरता अझ बडाउँन दार्जीलिङ नगरपालिकाले हाई माक्स अर्थात् लाइट लगाउने भएको छ। दार्जीलिङ नगरपालिकाको भाइस चेयरम्यान याङजी शेर्पाको बाहुलीद्वारा आज विहान पहाडको प्रसिद्व तीर्थ स्थान महाकाल मन्दिर परिसरमा भूमि पूजा गरियो।यस अवसरमा दार्जीलिङ नगरपालिकाको नगरपार्षद विष्णु मल्ल, महाकाल पूजा कमिटिको कार्यकर्ताहरू उपस्थित रहेका थिए।दार्जीलिङ एक पयर्टन स्थल भएको हुनाले यहा देश विदेशहरूबाट पयर्टकहरू घूम्न आउने गर्छन। दार्जीलिङ घूम्न आएका पयर्टकहरू माल रोड, चौरस्ता अवश्य घूम्ने गर्छन। प्राकृतिक सुन्दरताले भरपूर चौरस्ता माल रोडलाई दार्जीलिङ नगरपालिकाले अझ सुन्दर बनाउन हाई माक्स अर्थात् लाइट लगाउने भएको छ। जसको शिलान्यास कार्य आज गरियो।