बिधायक निरज जिम्बाद्वारा चिया श्रमिकहरुलाई उपहार दिने क्रम जारी
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=uYGJRP1HiWc
दार्जीलिङ, 30 सेप्टेम्बर 2022 II
बिधायक निरज जिम्बाद्वारा चिया श्रमिकहरुलाई दसैंको निम्ति उपहार दिने क्रम जारी राखेका छन् । दार्जीलिङ पहाडको विभिन्न चियाबारीहरुमा भ्रमण गरि उनको टोलीले चिया श्रमिकहरुलाई दसैंको उपहार स्वरुप लुगाफाटा वितरण गर्नेक्रममा आज लिङ्गिया चियाबारीका श्रमिकहरुलाई लुगाफाटा वितरण गरिएको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्य किशोर राई, चुङथुङ मेरिबुङ समष्टि गोरानासं अध्यक्षा मन्दिरा राई, सचिव अर्पिता राई, एचपीडब्ल्युका प्रतिनिधि बर्गको टोलीले लिङ्गिया चियाबारीका 150 परिवारलाई कपडा वितरण गरेका छन्। चिया श्रमिकहरुले अध्यक्ष मन घिसिङ, बिधायक निरज जिम्बाप्रति आभार व्यक्त गरेका छन्।