पश्चिम बंगाल सरकारको आयोजनामा गोरूबथानको पानडाँडा खेल मैदानमा तीन दिने बाङ्ला मध्येर गर्व शुभारम्भ
पश्चिम बंगाल सरकारको आयोजनामा शुक्रबारदेखि गोरूबथानको पानडाँडा खेलमैदानमा तीन दिने बंगाल हाम्रो गर्व 2021 शुभारम्भ भयो। यस अवसरमा मुख्य अतिथिको रुपमा कालेबुङ जिल्ला शासक आर विमला आईएएस अनि विशिष्ट अतिथिहरुमा कालेबुङ महकुमा शासक तेजश्विनी राणा आईएएस, एमभीआई अजय लामा, सुचना विभागका डेपुटी डाइरेक्टर प्रदिप सरकार (नवन्ना), बीडीओ गोरूबथान सौभिक बसु, डीआईसीओ दिपक केरकेट्टा, सुचना विभागका संयुक्त निदेशक, कौसभ तरक्दार, भुजेल डेभलपमेन्ट बोर्डका चेयरमेन प्रदिप कुमार खवास आदि उपस्थित थिए। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणामा सम्पन्न कार्यक्रमको उद्घाटन मुख्य अतिथि जिल्ला शासकको बाहुलीबाट गरियो। रंगारंग कार्यक्रमबीच शुरु भएको उद्घाटनी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथिले राज्य सरकारद्वारा लागु गरिएका विभिन्न सरकारी योजनाहरुबारे जानकारी गराउँदै यस कल्याणकारी योजनाबाट स्थानीय मानिसहरूले लाभ उठाउनुपर्ने आह्वान गरिन्। तीन दिने कार्यक्रम अवधि विभिन्न विभागको स्टलहरुमा गएर सरकारको योजनाबारे बुझ्ने तथा यस विषयमा लाभार्थीहरुलाई पनि अवगत गराउन तिनले सुझाउ राखिन्। त्यसरी नै विशिष्ट अतिथि महकुमा शासक राणाले विभिन्न जात गोष्ठीको सांस्कृतिक झलकहरुको मुग्ध कण्ठले सराहना गरिन्। भारत देश विविधतामा एकताको देश रहेको बताउँदै सबैले आफ्नो संस्कृतिको जगेरा गर्नुपर्ने बताए। त्यसरी नै भुजेल डेभलपमेन्ट बोर्डका चेयरमेनले मुख्यमन्त्रीप्रति आभार प्रकट गरे। तिनले आफ्नो सम्बोधनमा मुख्यमन्त्री ममता ब्यानर्जीको कारण विभिन्न जात गोष्ठीको संस्कृति जगेरा भएको बताए। आयोजक पक्षबाट डीआईसीओ केरकेट्टाले सबैलाई कार्यक्रममा स्वागत जनाए। मुख्यमन्त्री कार्यक्रमको निम्ति गोरूबथानलाई छनौट गरेकोमा स्थानीय मानिसहरूको पक्षबाट आभार व्यक्त गरे। तीन दिनसम्म चल्ने यस कार्यक्रममा विभिन्न विभागको स्टलहरु राखिएको छ। जसमा राज्य सरकारद्वारा राज्यवासीको निम्ति लागु गरिएका विभिन्न सरकारी योजनाहरुबारे जानकारी दिइएको छ। त्यसरी नै स्थानीय स्वनिर्भर समुहद्वारा निर्मित वस्तु तथा उत्पादहरु पनि प्रदर्शन तथा बिक्रीमा राखिएको छ। पहिलो दिनको मुख्य आकर्षण कलकत्ताका अतिथि कलाकार माधुरी दे अनि अरफिन राणाको सुमधुर गीत रहेको थियो। अतिथि कलाकारद्वयले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाए। सागर राई अनि महेश्वर प्रधानद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा आदिवासी कल्याण समिति लोवर फागुको आदिवासी सांस्कृतिक नृत्य, मायेलल्याङ लेप्चा डेभलपमेन्ट कल्चरल बोर्ड कालेबुङका कलाकारहरुको नृत्य, भुजेल डेभलपमेन्ट बोर्ड कालेबुङका कलाकारहरुको नृत्य, लिम्बु डेभलपमेन्ट बोर्ड, कालेबुङका कलाकारहरुको नृत्य, रेश्मा डान्स एकेडेमी गोरूबथानका कलाकार नृत्य, एलपीपी कलाकार संयुक्त राई, सुष्मा राईद्वारा नृत्य, एलपीपी कलाकार गोरुबथानका सागर राई, दिवाकर राई, नविन शेर्पा अनि हेमन्त गुरुङद्वारा गीत प्रस्तुत गरिएको थियो।
Camera
Rohan Kulung/ Prayas Kulung/ Souraj Rai/ Lenin Rai
Edit
Rohan Kulung
8637816394/ 9733161396/ 9800113441.