टिस्टा नदीमा झरेर ज्यान गुमाउने मृतकका परिवारलाई समवेदना प्रकट गर्न मोर्चा अध्यक्ष गुरुङ गोरुबथानमा
डुवर्स भ्रमणमा रहेका गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ पार्टीको सांगठनिक कार्यक्रमलाई रद्ध गरेर श्रद्धाञ्जली अर्पण गर्न आज गोरुबथान आइपुगे। 2017 को गोर्खाल्याण्ड आन्दोलनकालमा विस्थापित बनेपछि उनको घर वापसी भएदेखि प्रथमपल्ट गोरुबथान आइपुगेका मोर्चा अध्यक्ष गुरुङ सोझै गोरुबथान दुई ग्राम पंच्यायत अन्तर्गत सीता ढुङ्गे निवासी मृतक उत्तम राईको घरमा पुगेर शोकित परिवारसित भेट गरि समवेदना प्रकट गरे। यस अवधि उनले पार्टीको पक्षबाट शोकित परिवारलाई आर्थिक सहयोग प्रदान गरे। स्मरण रहोस्, गत 31 जनवरीको दिन त्रिवेणीबाट पिकनिक खेलेर घर फर्किरहेको समय 29 माइलबाट अल्टो कार टिस्टा नदीमा झरेको थियो। उक्त अल्टोमा सीता ढुङ्गेका चालकलगायत 5 जना सवार थिए, जसमा चालक अशोक राई, उत्तम राई, अनिशा राई, प्रयास साहा अनि देश कुमार राई थिए। टिस्टा रंगीत रेस्क्यु सेंटरका सदस्य अनि एनडीआरएफ दलको कडा मेहनतले हिज साँझ अल्टो कारसितै उत्तम राई अनि प्रयास साहाको शव उद्धार गरियो भने अन्य तीनजनाको कुनै पत्तो लागेको छैन। उद्धार गरिएको दुइजनाको शव आज साँझमा घरमा आइपुग्ने पनि सुत्रले बताएको छ। यसरी एउटै गाउमा यस्तो दुखद घट्ना घटेकोले सीता ढुङ्गेमा शोकको लहर छाएको छ। आज मोर्चा अध्यक्ष गुरुङसँग गोरुबथान 43 नम्बर समष्टी एकका संयोजक जुरन राई अनि दुइका संयोजक तथा केन्द्रिय समितिका सदस्य चन्द्र योञ्जन, सभापति सुरेश चौधरी, प्रचार - प्रसार सचिव बासु राई, सहसचिव हेमन्त गुरुङ, नारी मोर्चा सभापति कविता गुरुङ, प्रभा राई, चित्र प्रसाद राई आदि रहेका थिए।
Camera
Bashu Rai
Edit
Rohan Kulung
8637816394/ 9733161396.