गोरूबथान सहकारी बैंक शाखा अन्तर्गत पहिलो चरणमा 510 जना कृषकहरुलाई लोन वितरण ...
दार्जिलिङ जिल्ला केन्द्रीय सहकारी बैंक लिमिटेडको सक्रियतामा दार्जिलिङ अनि कालेबुङ जिल्लाका मोठ 66 वटा कृषि सहकारी समितिमार्फत विभिन्न खेतीको लागि किसान क्रेडिट कार्ड धारकहरुलाई कृषि लोन वितरण गर्ने काम भइरहेको छ। गोरूबथान सहकारी बैंक शाखा अन्तर्गत 510 जना कृषकलाई मोठ दुई करोड, अडतीस लाख, चौतिस हजार, तीन सय साठी रुपियाँ वितरण गरिएको जानकारी प्राप्त भएको छ। जसमध्ये निम ग्राम पन्चायतका 55 जना कृषकलाई 23, 34600(अदुवा) अनि 26 जना कृषकलाई 8,30560(इस्कुस), अम्बियोक - दालिमका 126 कृषकलाई 5280400, गोरूबथानका 112 कृषकलाई 6544400, शेर्पाटारका 79 कृषकलाई 3802400, पोख्रेबुङका 112 जना कृषकहरुलाई 5102000 सो लोन वितरण गरिएको जानकारी दार्जिलिङ जिल्ला केन्द्रीय सहकारी बैंक लिमिटेडका उपाध्यक्ष बिनोद छेत्री पराजुलीले दिएका छन्। वितीय वर्ष 2000- 21 मा केसीसी अन्तर्गत कृषकहरुलाई विभिन्न खेती फसलको निम्ति 35 करोड़ लोन दिने लक्ष्य राखेको पनि उपाध्यक्ष छेत्रीले थप बताए। केसीसी मार्फत कृषकहरुले वार्षिक 7 प्रतिशतको दरमा सुद तिर्नुपर्ने हुन्छभने उक्त लोन समयमै तिरे 3 प्रतिशत सुद पुन: फिर्ता गरिने पनि बताए। जुन सुदको दर अन्य लोनहरुभन्दा धेरै कम्तीमा कृषकहरुलाई दिइएको पनि उपाध्यक्ष छेत्रीले बताए। उक्त लोन अदुवा, ईस्कुस, डल्ले खोर्सानी, टमटर, हर्दी, मकै आदि खेतीको निम्ति दिइने गरिन्छ।
Camera
Lenin Rai
Edit
Rohan Kulung
8637816394/ 9733161396.