श्रमिक भवनको निर्माण श्रमिक हितमा होइन ठेकादारहरूको हितमा छ: जतन राई...
श्रमिक भवनको निर्माण श्रमिक हितमा होइन ठेकादारहरूको हितमा रहेको श्रमिक नेता जतन राईले बताएका छन।कोरोना संक्रमण कालको समयमा जीटीएले चिया श्रमिकहरूको स्वास्थ्य सुविधा र आर्थिक सहयोगको बहना गरेर जीटीए चेयरम्यान रिलिफ फण्ड संग्रह गर्ने काम गरेको थियो तर आज चन्दा उठाएको पैसाले श्रमिक भवनको निर्माण गर्छु भन्नु हास्यपदको हो राईले भने।चन्दा उठाएको पैसाले श्रमिक भवन होइन मन्दिर,गुम्बा एंव कुनै धार्मिक क्षेत्र को निर्माण गर्न सकिन्छ,वृद्व आश्रमको निर्माण गर्न सकिन्छ।जीटीए कुनै संस्था होइन सानो सरकार हो। जीटीए सरकारले चन्द्रा संग्रह गरेको पैसाले सिलगढीमा श्रमिक भवनको निर्माण गर्छु भन्ने जस्तो प्रकारको प्रचार प्रसार गर्ने कामहरू गर्दैछ,यो श्रमिकहरूको हितमा होइन ठेकादारहरूको हितमा रहेको राईले बताए।चिया श्रमिकहरूले यस विषयमाथि जीटीए सत्ता चैकीमा बस्ने हरूलाई दबाव दिनु पर्छ भन्ने राईले आहवान पनि गरयो।तिनले अधि भने जीटीए सत्ता चैकीमा बस्नेहरू लाई मिनिमम वेजेस,धर घरेडी एंव जमीनको पर्चा पटटा,स्वास्थ्य सुविधा आदि जस्ता विषयहरूमाथि पनि दबाव बनाउँनु पर्छ भन्ने श्रमिक नेता राईले बताए।यहाँ को कतिपय श्रमिक संगठनले चिया श्रमिकहरूको नाममा चन्दा संग्रह गरेको पैसाले श्रमिक भवनको निर्माण गरिनु पर्छ भन्ने जस्ता प्रचार प्रसारहरू गर्दैछ उनीहरूले पनि यस विषयमाथि चिन्तन मनन गर्ने राईले सुझाव दिएको छ।श्रमिकहरूको निम्ति श्रमिक भवनको जरूरी छ तर श्रमिकहरूको नाममा चन्दा संग्रह गरेको पैसाले होइन जीटीए सरकारले सरकारी राशी खर्च गरेर श्रमिक भवनको निर्माण गर्नु पर्छ भन्ने श्रमिक नेता राईले दोहोराए।