डुवर्स नेपाली साहित्य विकास समितिको पुरस्कार अलङ्करण कार्यक्रम सम्पन्न...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=eRcSN3vHrUk



Duration: 3:15
27 views
0


कालचिनी खण्ड अन्तर्गत हेमिल्टनगन्ज स्थित बून इङ्ग्लिस स्कूलको प्रेक्षागृहमा डुवर्स नेपाली साहित्य विकास समिति तथा सृजनशील समूहद्वारा पुरस्कार अलङ्करण तथा पुस्तक लोकार्पण समारोह कार्यक्रम सम्पन्न भयो । नेपाली समाजका विभिन्न विधाहरू जस्तै साहित्य, समाज, शिक्षा, संस्कृतिमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानित गरियो । कार्यक्रममा डु.ने.सा.वि.स.का अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, मुख्य अतिथि असम गोर्खा सम्मेलनका अध्यक्ष कृष्ण भुजेल लगायत विशेष अतिथिहरूमा सञ्जीव दाहाल, रामकुमार राणा, पवन सिंह झा, दुर्गा चामलिङ, जेठा सुब्बा सादरी कवि रामकुमार राणा आदि रहेका थिए । कार्यक्रम अध्यक्ष, प्रमुख अतिथि साथैै विशिष्ट अतिथिहरूको बाहुलीबाट दीप प्रज्वलन गरि कार्यक्रमलाई शुभारम्भ गरियो । सृजनशील समूह कालचिनीका सदस्य श्याम प्रधानको स्वगत सम्भाषण अनि वाई एल टी पी समूहिक नृत्यको प्रस्तुति पश्चात डुनेसाविसका सचिव रबिन खवासले पुरस्कार अलङ्करणको सन्दर्भमा आफ्नो सम्भाषण राखे। कार्यक्रममा वरिष्ठ लेखक मननारायण प्रधानकृत ’साहित्यालोचन’ पुस्तकको विमोचन गरियो भने समोलोचक रूपेश शर्माले उक्त पुस्तक माथि निरुपण प्रस्तुत गरे । कार्यक्रमको मुख्य विषय पुरस्कार अलङ्करणमा श्री आशबहादुर लिम्बुलाई तिनको साहित्य योगदानका निम्ति चन्द्रबीर प्रधान स्मृति पुरस्कार, श्री जे बी छेत्रीलाई समाज सेवाका निम्ति हैकमसिंह राई स्मृति पुरस्कार, श्री अर्जुन कागतेलाई सङ्गीत तथा सांस्कृतिक सेवामा बी बी दर्नल स्मृति पुरस्कार तथा श्री बासु छेत्रीलाई शिक्षा सेवाका निम्ति किताबसिंह राई स्मृति पुरस्कार प्रदान गरियो । सम्पूर्ण पुरस्कार प्रापक व्यक्तित्वहरूलाई कम्रैले ढाका टोपी, खदा– दोसल्ला पहिराइ स्मृति चिन्ह तथा पुरस्कार नगद राशि प्रदान गरि सम्मान गरियो। कार्यक्रममा रुद्र छेत्री, ज्ञानलाल दर्नाल, रामकुमार राणा र अभिजित नागले क्रमैले नेपाली र सादरी भाषामा कविता कविता वाचन गरे । यसै कार्यक्रममा डु.ने.सा.वि.स.का नव आजीवन सदस्यता ग्रहण गर्ने सदस्यहरूलाई स्मृति चिन्ह प्रदान गरी सम्मान तथा स्वागत गरियो।




Other Videos By Hello Web 24


2023-02-13बिधानसभामा बिधायक जिम्बाले राज्यपालद्वारा प्रस्तुत गरिएको बजेट भाषणको गरे बिरोध...
2023-02-11जन्तर मन्तरमा क्रामाकपाद्वारा गोर्खाल्यान्डको निम्ति धर्ना प्रदर्शन...
2023-02-11राई गाउँदेखि चाउर गाउँ पुग्ने सडक निर्माणको शिलान्यास...
2023-02-11One Point Solution, Group of United Brothers, Mal Busty, Near Marriage Office, Gorubathan...
2023-02-11मूर्धन्य साहित्यकार स्व. किराँतको जन्म जयन्तीमा संघ - संस्थाहरुद्वारा श्रद्धाञ्जली अर्पण...
2023-02-10सप्ताहव्यापी हुने श्रीमद भागवत कथा महापुराणको निम्ति निकालियो कलश यात्रा...
2023-02-09जीटीए सन्जिवनी स्वास्थ्य सेवाको तत्परतामा आगामी 12 फरवरीको दिन स्वास्थ्य शिविर गरिने...
2023-02-09गुप्तेश्वर धाममा वर्षेनी गरिने श्रीमद भागवत महापुराणको कलश यात्रा भोलि निकालिने...
2023-02-08भागोप्रमो गोरुबथान समष्टिद्वारा बलिदान दिवस पालन...
2023-02-07माङजिङ समाज सेवा संघद्वारा बृद्ध - बृद्धाहरूलाई नेपालको "पाथीभरा" मन्दिरको दर्शन..
2023-02-06डुवर्स नेपाली साहित्य विकास समितिको पुरस्कार अलङ्करण कार्यक्रम सम्पन्न...
2023-02-05Gorubathan Half Marathon - 2023, 5th Edition...
2023-02-03केकेआरएसएस गोरूबथान खण्ड समितिद्वारा कालेबुङ जिल्ला पुलिस अधीक्षक राईलाई जनाइयो सम्मान...
2023-02-02श्रमिक भवनको निर्माण श्रमिक हितमा होइन ठेकादारहरूको हितमा छ: जतन राई...
2023-02-015 फरवरीको दिन हुने गोरुबथान हाफ म्याराथनको टि - सर्टको लोकार्पण...
2023-02-01गोरामुमोद्वारा धन्यवाद ज्ञापन ...
2023-02-01सिक्किमे नेपालीमाथि लागेको लान्छनाबाट हामीले शिक्षा लिनु जरूरी छ: श्याम गौतम...
2023-01-31अम्बियोक खेल मैदानमा सम्पन्न भएको सांगीतिक कार्यक्रमको केही झलकहरु ...
2023-01-30Statutory inspection of Railway Electrification works...
2023-01-30चर्चित गायक अमित बरालको प्रस्तुति...
2023-01-30Ambiok Janakalyan Samaj - को आयोजनामा #Pushpan Pradhan अनि सारथी व्यान्डको प्रस्तुति...