गोरुबथानमा कोरोना सङ्क्रमित 53 वर्षीय महिलाको मृत्युपछि क्षेत्रमा सेनिटाइज गर्दै ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=QFWM3yLTSGY



Duration: 7:22
906 views
50


गोरुबथानमा कोरोना सङ्क्रमित 53 वर्षीय महिलाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार उक्त महिलाको मृत्यु सोमबार बिहान करिब 5 बजे भएको थियो। बिहारको सिवान जिल्ला अन्तर्गत मगराज गंज मूल घर रहेको उक्त महिला केही वर्षअघि आफ्ना परिवारसंग गोरुबथानमा आएर दैनिक मजदुरी गरेर यहाको सोमबारे बजार उत्तरमा बसोबासो गर्दै आइरहेका थिए। परिवारसुत्रले बताए अनुसार उक्त महिला केहीदिन अघिदेखि ज्वरो, सुगर, दम आदि विमारले थला परेकी थिइन् भने आइतबार उनलाई माल अस्पतालमा भर्ना गरिएको थियो। माल अस्पतालले पनि उनको स्वास्थ्य ठीक नहुदा जलपाइगडीस्थित कोविद अस्पतालमा रेफर गरिदिएको थियो भने त्यहाबाट पनि सिलीगडी मेडिकल कलेजमा रेफर गरिदिएको परिवार सुत्रले बताएको छ। यसरी जलपाइगडीदेखि सिलीगडी मेडिकल कलेज लैजानेक्रममा बाटोमै उनको मृत्यु भएको सुत्रले बताएको छ। उनको मृत शरीरको टेस्ट गरेपछि कोरोना पोजेटिभ पाइएको पनि हस्पिटल सुत्रद्वारा थाहा लागेको छ। मृतक महिलामा कोरोना पोजेटिभ पाइएकोले उनको मृत शरीरलाई विभागले परिवार पक्षलाई दिएनन्। मृतक महिलाका पति, छोरा अनि छोरीलाई भोलि गोरुबथान स्वास्थ्य केन्द्रद्वारा स्वाब टेस्ट गरिने भएको छ भने हाल उनीहरुलाई क्वाराइण्टाइन सेन्टरमा राखिएको जानकारी प्राप्त भएको छ। अर्कोतिर, गोरुबथान ग्राम पंचायत एकद्वारा मृतक बस्दै आइरहेको घर वरिपरि सेनिटाइज गरियो भने भोलि पनि बजार क्षेत्रमा सेनिटाइज गरिने भएको छ। यस विषयमा गोरुबथान खण्ड विकाश अधिकारी विश्वरंजन चक्रवर्तीसंग जान्न चाहँदा उनले ग्राम पंचायत कर्मचारीहरुलाई उक्त क्षेत्रको भ्रमण गरेर सम्पूर्ण रिपोर्ट तयार पार्ने अनि सो क्षेत्रमा सेनिटाइज गर्ने निर्देश दिएको बताए। यसकासाथै गोरुबथान पुलिसले उक्त क्षेत्रमा नजर राखिरहेको अनि मानिसहरुलाई आवजाउको निम्ति कन्ट्रोल गरिरहेको पनि बताए। समाचार लेखुञ्जेलसम्म उक्त क्षेत्रलाई विभागद्वारा कन्टेनमेन्ट जोन घोषणा गरिएको छैन। यसको निम्ति खण्ड विकाश कार्यालयबाट कमप्लिट रिपोर्ट पठाइसकेको पनि बीडीओ चक्रवर्तीले बताए। यसको निम्ति जिल्ला शासक कार्यालयबाट कुनै खबर नआएको पनि बताएका छन्। यसरी कोरोना सङ्क्रमित महिलाको मृत्युको खबर बजारमा फैलिनसाथ बजार क्षेत्रका सम्पूर्ण दोकानपाट पूर्ण रुपमा बन्द गरियो। यसै कोविद 19 भाइरसको कारण छ हप्ता बन्द गरिएको यहाको साप्ताहिक सोमबारे हाट हिजदेखि लगाउन शुरु गरिएको थियो भने यस घटनाले गर्दा पुन: हाट केही दिनको निम्ति बन्द गरिनु पर्ने स्थानीय मानिसहरुको भनाइ रहेको छ। स्मरण रहोस्, अहिलेसम्ममा गोरुबथान खण्डमा मोठ 33 जना कोरोना पोजेटिभ रहेको छ भने 31 जना नेगेटिभ भएर घर फर्किसकेका छन्, एकजना आइसोलेसनमा अनि एक जनाको मृत्यु भइसकेको पनि स्वास्थ्य विभाग सुत्रले बताएको छ।
Report
Lenin Rai
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2020-07-23आगामी २६ जुलाईदेखि एक हप्ता जीटीए क्षेत्रमा पूर्ण रुपमा लकडाउन गरिने ...
2020-07-21झोलुङमा टीएमसीद्वारा शहीद दिवस पालन ...
2020-07-21गोरुबथानमा तृणमुल कंग्रेसद्वारा शहीद दिवस पालन ...
2020-07-20पोख्रेबुंग हाइ स्कुलका प्रधान अध्यापक प्रबिन घिसिङलाई जनाइयो सम्मान ...
2020-07-20अनुज्ञालयद्वारा नीम बस्तीमा सचेतना कार्यक्रम ...
2020-07-18लेप्चा गाउ शाखा कमिटीद्वारा पैह्रो पिडित रबिन ठकुरीको घर परिसर सरसफाई ...
2020-07-17कालेबुङ जिल्ला पुलिसको निर्देशन अनि गोरुबथान थानाको पहलमा सोमबारे बजार क्षेत्रमा स्पीड ब्रेकर लगाइयो
2020-07-1511 वटा जातिलाई जनजातिको दर्जा प्रदान गर्नुपर्ने मांग गर्दै टिएमसी पार्टीद्वारा गोरुबथानमा पोस्टरिङ
2020-07-14अप्परफागु चियाबारी गोदाम लाइनमा कञ्चनजंगा बाल संघद्वारा २०६ औं भानु जयन्ती पालन ...
2020-07-14भानु पाला पिक्चर प्रोडक्शनद्वारा आयोजित अनलाइन मोनो एक्ट प्रतियोगिताको परिणाम घोषणा ...
2020-07-14गोरुबथानमा कोरोना सङ्क्रमित 53 वर्षीय महिलाको मृत्युपछि क्षेत्रमा सेनिटाइज गर्दै ...
2020-07-13आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसरमा गोरुबथान वेबले तयार पारेको छोटो वार्ता ...
2020-07-13मालबजारका नेपाली समुदायद्वारा आदिकवि भानुभक्तको २०६ औँ जन्म जयन्ती पालन ...
2020-07-13२०६ औं भानुजयन्तीको अवसरमा डीडीसीसीबी गोरुबथान शाखाको पक्षबाट शुभकामना सन्देश साथै कविता ...
2020-07-12हिल तराई प्राथमिक शिक्षक संगठन गोरुबथान सर्कलको अर्ध वार्षिक सभा साथै सम्वर्द्धना कार्यक्रम ...
2020-07-10आगामी सोमबारदेखि सोमबारे हाट लाग्ने, अगस्त पहिलो हप्तादेखिमात्र बाहिरका हटुवाहरु गोरुबथान आउँन पाउने
2020-07-05गोरुबथान थानाद्वारा सेफ ड्राइभ सेभ लाइफ पालन, चालकहरुलाई मास्क वितरण ...
2020-07-03गोरुबथान 43 नम्बर समष्टी स्तरीय आशा कर्मी संगठन गठन ...
2020-07-01चार ढुङ्गेमा क्वारेन्टाइनमा बसेका मानिसहरुलाई गाउलेहरुद्वारा स्वागत गर्दै घर पठाइयो ...
2020-07-0123 दिन होम क्वारेन्टाइनमा बसेका चारजनालाई आज हेल्प डेस्क अनि गोजमुमो पार्टीको पक्षबाट स्वागत जनाइयो
2020-06-30बीओए सदस्य संचबीर सुब्बाद्वारा चेलखोला प्रभावित क्षेत्रको भ्रमण ...