मालबजारका नेपाली समुदायद्वारा आदिकवि भानुभक्तको २०६ औँ जन्म जयन्ती पालन ...
मालबजार बस स्टेण्ड नजिक भानुभक्तको सालिग परिसरमा मालबजारका नेपाली समुदायद्वारा आदिकवि भानुभक्तको २०६ औँ जन्म जयन्ती पालन गरियो। भानुभक्तको सालिगमा वरिष्ट समाजसेवी मोतीलाल शर्माले मार्ल्यापण गरेका थिए भने कार्यक्रमको सञ्चालन समाजसेवी अजित पराजुलीले गरेका थिए। शिक्षक कृष्ण शर्माले आदिकवि भानुभक्तको जीवनीबारे वक्तव्य राख्दै वर्तमान महामारीको समयमा सरकारी नियमलाई पालन गर्दै सामान्य रूपमा भानु जयन्ती पालन गरिएको बताए। कार्यक्रममा नेपाली युवा सङ्घ, मालबजार, नेपाली समाज, मालबजारका पदाधिकारीहरू उपस्थित थिए। कार्यक्रमलाई शिक्षक भिम राईले पनि मन्तव्य राखेका थिए। कार्यक्रममा जानुका शर्मा, शान्ती सिंह वराइली, इन्दिरा छेत्री, पुष्पा छेत्री, गणेश थापा, अजय थापा, कृष्ण छेत्री, नविन थापा, अरूण छेत्री, अरविन्द राय, गोपाल सुनवार, दिपक सुनवार, शङ्कर छेत्री, विजय प्रधान, अशोक साह, रबिन छेत्री आदि उपस्थित थिए।
Camera/ Report
Atit Thapa
Edit
Rohan Kulung
8637816394/ 9733161396.