आहाले ग्राम पंचायतका निर्दलीय पञ्चायत समिति सदस्य मन कुमार सुब्बाद्वारा श्रद्धा अर्पण

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=oI1_4xKEfpQ



Duration: 0:32
63 views
4


नमस्कार सबै सबैमा 🙏

मेरो विचारहरुलाई तपाईहरु समक्ष राख्न अघि म गोरुबथान निर्माण गर्ने योद्धाहरुलाई यहाँ स्मरण गर्न चाहन्छु। गोरुबथानका श्रीपेच *स्व हायमानदास राई
किरात गुरुलाई सम्झीरहेको छु।नेपाली साहित्य अकादमी पुरस्कारले सम्मानित किरात सरले गोरुबथानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचय गराई दिनु भएको छ।उहाँ जस्ता हस्ती गोरुबथानमा जन्म लिनु भनेको हाम्रो सौभाग्य हो।*

यसाे सन्दर्भमा म *स्व आर बि राई सरलाई पनि सम्झन चाहन्छु। गोरुबथानमा आउनु भएर गोरुबथानको शिक्षालाई अघिल्तिर काँधमा बोकेर लैजाने आर बी राई सर एक आदर्शवान पुरुष हुन्।गोरुबथानले कहिल्यै भूलन नसक्ने व्यक्तित्व आर बि राई सर यतिखेर यहीँबाट श्रद्धा अर्पण गर्दछु।*

बनबस्ती बसोबासो गर्ने सर्वसाधारणलाई एकत्रित गरी आफ्नो हक र अधिकारबारे सचेत बनाउने पहिलो योद्धा हुन् *स्व प्रेम खवास। बनबासीहरुलाई आफ्नो हक र अधिकारबारे बोल्न सिकाउने प्रेम खवास बनबासीको मसिहा नै हुन्। म यसघरि उहाँलाई पनि सम्झन चाहान्छु*

गोरुबथान निर्माणको अर्का योद्धालाई म सम्झन चाहन्छु। उनी हुन *स्व बि बि राणा। राजनैतीक चेतनाको बीजोरोपण गर्नुहुने निस्वार्थ राजनीति गर्नु हुने बी बी राणा सरको पाइला वर्तमान नेतृत्वहरुले अनुसरण गर्न आवस्यक मात्र नभई समयको माग पनि हो भनि म भन्छु। यस्ता महान हस्तीलाई पनि म यतिखेर यहीँबाट श्रद्धा अर्पण गर्दछु।*

स्व तारामणि राई , सिद्धान्तवादी पुरुषलाई पनि म सम्झनामा राख्न चाहन्छु ।वर्तमान समयमा पार्टीलाई फाइदा र बेफाइदामा‌ हेरेर पार्टी फेराफेर गर्नेहरुलाई तारामणि राईको राजनैतिक जीवन गतिलो झापड हो। न त लोभमा फसिए उनी न त उनी डराए नै।आफ्नो पार्टीलाई माया गरेर मृत्यपर्यन्त त्यही पार्टीमा दिगो बस्ने उनको व्यक्तित्वले गोरुबथानलाई राजनैतिक फाँटमा माथि पुर्याएको छ। म यतिखेर उनै दिगगज नेतालाई पनि सम्झीरहेको छु*।

अन्तमा: गोरुबथान का अन्य हस्तीहरु जो नाम छुटेका छन् भने म वहाँ हरु प्रति पनि यतिखेर यहीँबाट श्रद्धा अर्पण गर्दछु। 🪔 🎉 *

धन्यवाद

मन कुमार सुब्बा
(निर्दलीय पञ्चायत समिति सदस्य)
आहाले, गोरुबथान




Other Videos By Hello Web 24


2023-07-31सोनादामा गोर्खा राष्ट्रिय नारी संगठनको कमिटी गठन ...
2023-07-30जन्तर मन्तरमा धरना दिने कार्यक्रमको दोस्रो दिन आफ्नो कविता वाचन गर्दै विद्यार्थी मनोहर भूजेल ..
2023-07-30मेरो कला मेरो परिचय, सिजन - ६ - को अन्तिम अडिसन गोरुबथानमा सम्पन्न ...
2023-07-30जन्तर मन्तरमा अन्तिम दिनको धरना कार्यक्रमलाई सम्बोधन गर्दै गोएसका संयोजक किशोर प्रधान
2023-07-29Gorubathan Future Vision - को दोस्रो सभा सम्पन्न, सोसाइटीको कमिटी पनि गठन
2023-07-29भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नारी शक्ति गोरुबथान समष्टी कमिटीद्वारा मणिपुर घटनाको भर्त्सना
2023-07-28निर्दलीय पंचायत समिती सदस्यहरुद्वारा कोठे बैठक, निर्दलीय रहेर नै जनताको सेवा गर्ने निर्णय
2023-07-28Mock Exercise on flood org. by Dist. Disaster Management Section & Gorubathan Block Administration
2023-07-27गोर्खाल्याण्ड एक्टिभिस्ट समूहद्वारा एनजेपी रेलवे स्टेशन परिसरमा शहीदहरुलाई श्रद्धाञ्जली अर्पण
2023-07-26मेरो कला मेरो परिचय-कलाको एक अभियान-६ को पहिलो चरणको अडिसन ...
2023-07-26आहाले ग्राम पंचायतका निर्दलीय पञ्चायत समिति सदस्य मन कुमार सुब्बाद्वारा श्रद्धा अर्पण
2023-07-26मुस्लिम समुदायको मोहरम पर्वलाई लिएर माल थानामा विशेष सभा ...
2023-07-25गोरामुमो केन्द्रीय कार्यलय दार्जीलिङमा गोर्खा राष्ट्रिय युवा मोर्चाको सांङ्ठनिक सभा सम्पन्न
2023-07-25Nature Study cum Adventure Camp org. by 3rd Mile Busty, JFmc
2023-07-24गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा शहीद दिवस पालन गरिने
2023-07-24झिगर बौद्ध गुम्बा दार्जीलिङद्वारा झिगर रिम्पोछेको ६३वाँ जन्म दिवस पावन ...
2023-07-23श्रमजीवी स्वास्थ्य केन्द्र
2023-07-23सिलीगुडीको RG Bastra Bipani अब चाडै तपाईको शहर माल बजारमा आउदैछ, प्रतिक्षा साच्नुहोला
2023-07-23फेयर ट्रेड मार्फत चिया श्रमिकहरुको निम्ति आएको राशि प्रबन्धकहरुले सही तरिकाले दिनुपर्ने मांग
2023-07-23गुप्तेश्वर धाममा जल अर्पण गर्न आउने भक्तजनको निम्ति समितीद्वारा विशेष व्यवस्था गरिने
2023-07-23गाउलेको श्रमदानले बनियो चेल खोलामा बाँसको फड्के ...