कवयित्री रेमिका थापाको ‘ महाकाल सिसिफस’ सार्वजनिक ...
कवयित्री रेमिका थापाको पाँचौ कविता सङ्ग्रह ‘ महाकाल सिसिफस’ को सार्वजनिक कार्यक्रम हिज सिलगढीको मतिगढास्थित प्रोफेसर मोहन पी दाहालको निजी निवासमा पारिवारिक परिवेशमा अनौपचारिक रूपमा सम्पन्न भयो। पुस्तक प्रोफेसर दाहाल अनि सुपरिचित गायिका रिमला मोक्तानको बाहुलीबाट सार्वजनिक गरिएको थियो। वर्तमान कोरोना भाइरसको महामारीलाई ध्यानमा राखेर नै अनौपचारिक रूपमा सार्वजनिक गरिएको कुरा कवयित्री रेमिका थापाले जनाइन्। प्रोफेसर मोहन पी दाहालले पुस्तक विमोचन भएको घोषणा गर्दै भने, रेमिका थापाको काव्याकाश कालातीत छ। मन बुद्धि र मन्थनको फड्को हान्दै कालीक काव्य यात्रामा अग्रगामी बनेकी रेमिका थापाको वेगवान काव्यरथ सामाजिक, आर्थिक, नैतिक निडम्वनाको विम्ब बनेको छ। कवयित्री रेमिका थापाले आफ्ना सहयोगी साथीहरू, विद्वान गुरुहरू र पाठकहरूलाई सहस्र धन्यवाद दिँदै आफ्नो नयाँ पुस्तकले पाठकहरूलाई केही नयाँ काव्यिक खुराक दिनसक्ने, पाठकहरूको अपेक्षालाई केही सीमासम्म पुरा गर्ने कोशिष भएको पनि बताइन्। तिनले पाठकहरूबाट पनि पठनमा नयाँ नयाँ सृजनात्मक अभिप्राप्ति होस् भन्ने आफ्नो अपेक्षा रहेको कुरा जनाइन्।
स्मरण गराइन्छ, कवयित्री रेमिका थापाको यो पाँचौ कविता सङ्ग्रह हो। यसभन्दा अघि तिनको ‘ वेदनाको पछिल्तिर ’ (2000), ‘गाउँमा कविताहरू’ (2007), ‘देश र अन्य कविताहरू’ (2007) ‘किनाराका आवाजहरू’ (2008) मा प्रकाशित भइसकेका छन्। यसका साथै तिनले विश्वकवि रबीन्द्रनाथ ठाकुरको कविता सङ्ग्रह ‘गीताञ्जली’ लाई नेपालीमा अनुवाद गरिसकेकी छन्।
Edit
Rohan Kulung
8637816394/ 9733161396.