सामसिङ कुमाई ४४ नम्बर समष्टिमा विभिन्न योजनाहरुको शिलान्यास
सामसिङ कुमाई ४४ नम्बर समष्टि भ्रमणमा रहेका जीटीए मुख्य कार्यपाल अनित थापाले आज जुनियर बेसिक स्कुल खेल मैदान, सामसिङ फारी मन्डल गाउँमा आयोजित शिलान्यास कार्यक्रममा विभिन्न योजनाहरुको विधिवत शिलान्यास गरे। योजनाहरू गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अनि पञ्चायत अनि ग्रामिण विकास विभाग कोषबाट हुनेछ।
शिलान्यास गरिएको योजनाहरूमा :
1. कालिम्पोङ जिल्लाको गोरुबथान ब्लक अन्तर्गत पान डाडाँ देखि कुमाई मोड सम्मको सडकको स्तरोन्नति (पञ्चायत)
2. सामसिङमा भुजेल गाउँदेखि गुम्बा डाडाँ सम्मको सीसी फुटपाथको निर्माण
3. जलजलेदेखि १२ घरे गैरीबाससम्मको सीसी फुटपाथ निर्माण
4. झोलुङको झोलुङ चेकपोस्टदेखि सुन्दर गाउँसम्मको सीसी सडक निर्माण
5. कुमाईको ४ नम्बर पुल पुग्ने सडक र अन्य सम्बन्धित कार्य
6. कुमानी पीडब्ल्यूडी जुनियर हाई स्कूलमा हल निर्माण।
7. धाप गाउँ रोङ्गोमा कमल राईको घरदेखि गुम्चेन घरसम्म पुग्ने सीसी फुटपाथको निर्माण।
8. कुमाई गार्ड लाइनमा सामुदायिक हलको निर्माण।
9. कम्पाउन्ड बस्ती सामसिङ उपस्वास्थ्य केन्द्र देखि मण्डल गाउँ सामसिङसम्म पुग्ने सडकको मरमत
10. माथिल्लो कालिशेरमा लखी राईको घर हुँदै कालिशेर झोडा नजिकैको मुख्य सडकबाट क्वेत ९ जलजलेसम्म पुग्ने सडक निर्माण
शिक्षा विभाग, जीटीए अन्तर्गतका योजनाहरू
1. धाप गाउँ गोरुबथानमा धाप प्राथमिक विद्यालयको नयाँ विद्यालय भवन निर्माण
2. कुमाई प्राथमिक विद्यालयको नयाँ विद्यालय भवन निर्माण
3. सामसिङमा रहेको बेनु कृष्ण प्राथमिक विद्यालयको विद्यालय भवन मर्मत र नवीकरण
पिएचईडी कालेबुङ, जीटीए अन्तर्गतका योजनाहरू
1. नक्सल खोलादेखि माथिल्लो कुमाईसम्मको पानीको स्रोत र क्षतिग्रस्त पाइपलाइनहरूको पुनर्स्थापना र विस्तार
कार्यक्रममा क्षेत्रीय सभासद अमर छेत्री, रुदेन सादा लेप्चा, विधायक अनि सञ्चविर सुब्बा, उप-प्रमुख कार्यपालको विशेष उपस्थिति रहेको थियो।