कोरोनासँग लड़नको निम्ति सबैले सकारात्मक भएर कार्य गरिदिने जीटीए अध्यक्ष अनित थापाको अनुरोध ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=yXcZWODa5fM



Duration: 16:53
173 views
13


कोरोनासँग लड़नको निम्ति पहाड़का सबै वर्गका मानिसहरूलाई अघि आईदिने औ यो बेला कसैले पनि नकारात्मक प्रतिक्रिया नगरिदिने अनुरोध जीटीए अध्यक्ष अनित थापाले आज खरसाङमा एउटा पत्रकार सम्मेलन डाकेर गरेका छन। तिनले दार्जिलिंगका विधायक नीरज जिम्बाद्वरा हिज जारी एक बयानमा जीटीएद्वारा स्थापित सार्वजनिक भान्साघरमा पीडीएसको चामल प्रयोग गरिरहेको विषयलाई लिएर आज यहाँ अध्यक्ष थापाले एक पत्रकार सम्मेलन डाकेका हुन भने तिनले जिम्बाको उक्त बयान साँचो नरहेको जनाए बरू उल्टा अध्यक्ष थापाले जिम्बालाई पनि सार्वजनिक भान्साघरको एकजना सदस्य भएर जनसाधरणको हित र सहयोगको निम्ति अघि आएर काम गर्ने आग्रह गरे। तिनले यो समय राजनीति बयानबाजी गर्ने र कसैलाई दोष्याउने समय नरहेको उल्लेख गर्दै पहाड़लाई सदैव कोरोनामुक्त राख्नको निम्ति सबैको साझा सहयोग र सहभागिताको आवश्यकता रहेको बताए। थापाले दार्जिलिंगका सांसद राजु विष्टलाई पनि आग्रह गर्दै लकडाउनको कारण उनी आफ्नो संसदीय क्षेत्रमा आउन नपाएपनि आफ्नो पक्षबाट दिल्लीमानै एउटा हैल्पलाइन खोलेर त्यहाँका हाम्रा गोर्खा दाजू-भाई,दिदी-बहिनीहरूलाई सहयोग पूर्‍याईदिए हामी आभारी रहनेछौं भनी जनाए। यसै अवधि देशका विभिन्न राज्यहरूमा जीटीएद्वारा खोलिएको हैल्प लाईनले धेरै राम्रा कामहरू गरेको बताउँदै दिल्लीमा बन्दना राई लगायत अन्यहरूले जसरी सकारात्मक सोच राखेर सल्लाह,सुझाव र सहयोग पुर्‍याई रहेका छन त्यसको निम्ति म उनीहरूलाई धन्यवाद दिँदछु भन्दै थापाले अरूलाई पनि यसरी नै यो कोरोनाको लड़ाईमा सकारात्मक सोच राखेर कार्य गरिदिने आग्रह पनि गरे। तिनले केन्द्रको प्रतिनिधि टोलीले पहाड़मा जोरोना जाँचको निम्ति टेस्टिंग ल्याब खोलिदिएको खण्डमा उनीहरूको भ्रमण सफल भएको मान्ने बताउँदै यद्यपि उनीहरूको भ्रमणलाई पनि आफूले सकारात्मक रूपले नै लिएको स्पष्ट पारे।
Camera/ Report
Subash Chhetri (Kerseong)
Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-05-03आहाले निवासी चन्दन कुलुङले आफ्नै प्रयासमा 4 वटा गाउका आवश्यक मानिसहरुलाई खाध्य सामाग्री गरे बितरण ..
2020-05-02Online Education for Class-XII, Arts (WBCHSE) # ECONOMICS.
2020-05-02माल चार बनबस्तीको स्वनिर्भर समुह अनि एफआरसी कमिटीको संयुक्त पहलमा क्षेत्रमा सरसफाई गरियो ...
2020-05-02ग्रेफले बाहिरबाट काम गर्न ल्याएकोमा वी द होप संस्थाका कार्यकर्ताहरुले ग्रेफ अधिकारीसंग गरे भेट ...
2020-05-01Online Education for Class-X (WBBSE)# ENGLISH.
2020-04-30Online Education for Class-X (WBBSE)# LIFE SCIENCE.
2020-04-29Online Education for Class-XII, Arts (WBCHSE) # POLITICAL SCIENCE.
2020-04-29उत्तर बंगाल मेडिकल कलेजकी नर्स प्रितिका प्रधान कोरोना भाइरससित जीत हासिल गरेर आफ्नो घर फर्किन् ...
2020-04-29Online Education for Class-X (WBBSE) #GEOGRAPHY.
2020-04-28Online Education for Class-X (WBBSE)# PHYSICAL SCIENCE.
2020-04-28कोरोनासँग लड़नको निम्ति सबैले सकारात्मक भएर कार्य गरिदिने जीटीए अध्यक्ष अनित थापाको अनुरोध ...
2020-04-27Online Education for Class - XII - Science (WBCHSE) # CHEMISTRY.
2020-04-27युद्धबीर उच्चतर माध्यामिक बिद्यालयद्वारा दशौं र बाह्रौं श्रेणीका विद्यार्थीहरुको निम्ति अनलाइन क्लास
2020-04-26हिल टिएमसी अध्यक्ष एल० बी० राईको नेतृत्वमा सोनादामा 700 परिवारलाई खाद्यान्न सामाग्री बितरण ...
2020-04-26गोरुबथान दुई ग्राम पंचायत कार्यालयद्वारा अत्यन्त आवश्यक परिवारलाई चामल बितरण ..
2020-04-26डीटीडीपीएलयु कालेबुङ जिल्ला समितिद्वारा जीटीए चियरमेन अनि गोजमुमो अध्यक्षप्रति आभार प्रकट ...
2020-04-25Online Education for Class - XII - Science (WBCHSE) # BIOLOGY.
2020-04-25Online Education for Class- XII - Arts (WBCHSE) # ENGLISH.
2020-04-25Online Education for Class - XII - Science (WBCHSE) # PHYSICS.
2020-04-23आहाले ग्राम पंचायत कार्यालयद्वारा चामल वितरण ...
2020-04-19गोरुबथान दुइ ग्राम पंचायत कार्यालयद्वारा बिपन्न परिवारलाई निशुल्क राशिन वितरण ...