गोरुबथानमा दुई दिवसीय उत्तर बङ्ग उत्सव - 2021 आरम्भ ...
उत्तर बंगालको बिभिन्न जिल्ला अनि खण्डहरुमा उत्तर बङ्गाल उन्नयन बिभागको आयोजनामा प्रत्येक वर्ष गरिने दुई दिनव्यापी उत्तर बङ्ग उत्सव आज गोरुबथानमा शुभारम्भ गरियो। स्थानीय लोवर फागु खेल मैदानमा जिल्ला सुचना एवम् सांस्कृतिक बिभाग अनि गोरुबथान खण्ड विकाश कार्यालयको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा कालेबुंग जिल्लापाल आर बिमला मुख्य अतिथिका रुपमा उपस्थित थिइन् भने राज्य सभाका सांसद शान्ता छेत्री विशिष्ट अतिथि, खण्ड विकाश अधिकारी सौभिक बासु, कालेबुंग जिल्ला सुचना एवम् सांस्कृतिक अधिकारी दिपक केरकेटा, संयुक्त खण्ड विकाश अधिकारी छिरिङ्ग युडेन भोटिया, थाना प्रभारी टाशी छिरिंग शेर्पा, सीडीपीओ प्रमेश मोक्तान आदि अतिथिका आषणमा विराजमान थिए। कार्यक्रमका मुख्य अतिथि अनि विशिष्ट अतिथिको बाहुलीबाट दीप प्रज्वलन गरेर दुई दिवसीय कार्यक्रमको शुभारम्भ गरियो।
Camera
Rohan Kulung & Prayas Kulung
Edit
Rohan Kulung
8637816394/ 9733161396.