गैर सरकारी संस्था "मुख बन्द काम शुरू"द्वारा मकैबारीको कैलापानीमा खाद्यान्न समाग्री वितरण ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=DkmfSw5lUXk



Duration: 12:07
401 views
15


२०१७ सालमा स्थापित दार्जिलिङ्गको एउटा गैर सरकारी संस्था"मुख बन्द काम शुरू"द्वारा आज मकैबारी चिया बगानको कैलापानी गाउँको दुईवटा समाज सेवा परिवार अनि किराँत सङ्घका मोठ पचास परिवारलाई आवश्यक खाद्य सामाग्रीहरू वितरण गरियो। हाल कोरोना सङ्क्रमणको कारण सम्पूर्ण चियाबारी बन्द छ अनि त्यहाँका मानिसहरू आर्थिक चपेटमा परेका छन्। यसलाई मध्यनजर राखेर दार्जिलिङ्गको एउटा गैर सरकारी संस्था मुख बन्द काम शुरुले दार्जिलिङ्ग पहाडी क्षेत्रका विभिन्न चिया कमानहरूमा गएर आवश्यक खाद्य सामाग्रीहरू वितरण गर्ने कार्य सम्पन्न गरिरहेको छ। यसै क्रममा आज मकैबारीको कैलापानीमा आएर यसरी आवश्यक खाद्य सामाग्रीहरू वितरण गर्ने कार्य संस्थाका सदस्यहरूले वितरण गरे। सामाग्रीमा विशेषगरी दाल, आलु, खानेतेल, मटर, नून, चाना, पियाज आदि रहेको थियो। यस अवधि संस्थाका प्रमुख राहुल प्रधानले आज विश्वमा दार्जिलिङ्गलाई चियाको माध्यमबाट चिनाउने चिया श्रमिकहरूलाई सम्मान अनि धन्यवाद दिन आफूहरू यो संकटको समय यहाँ आएको बताए। तिनले मुख बन्द काम शुरु संस्थाले शिक्षा,स्वस्थ्य लगायत अन्य विभिन्न क्षेत्रमा गत तीन वर्षदेखि लगातार रूपमा कार्य गरिरहेको अवगत गराए। प्रधानले हाल कोरोना महामारीले गर्दा सम्पूर्ण विश्वलाई नै चिन्तामा पारेको छ अनि यसले भारत देशलाई पनि आफ्नो चपेटामा लिएको छ भन्दै हाम्रो पहाडमा पनि यो भाइरस पसेकोले सबै गाउँ-घरका मानिसहरूलाई पनि सचेत र सजग रहने आग्रह गरे। तिनले यस संस्थाले हालसम्म दार्जिलिङ्ग पहाडका मोठ दशवटा चियाबारीमा पुगेर त्यहाँका मानिसहरूलाई आवश्यक खाद्य सामाग्रीहरू वितरण गरिएको जानकारी पनि दिए। संस्थाका सदस्य लगायत कैलापानी गाउँमा यसरी खाद्य सामाग्री आइपुग्न सहयोग पुर्‍याउने खरसाङ फाटका डाँडा निवासी तथा रेड रोज युथ क्लबका सचिव सुबोध शर्मालाई सेवा परिवार अनि किराँत सङ्घको पक्षबाट खदा लगाएर स्वागत जनाइयो भने सम्पूर्ण गाउँको पक्षबाट सेवा परिवार सचिव नबिन राईले मुख बन्द काम शुरू संस्थाका सबै सदस्यहरूलाई सहयोगको निम्ति धन्यवाद दिए औ भविष्यमा संस्थालाई कुनै पनि प्रकारको सहयोग चाहिएमा कैलापानी गाउँ सहयोग गर्न तत्पर रहेको बताए।
Camera/ Report
Subash Chhetri (Kerseong)
Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-04-26डीटीडीपीएलयु कालेबुङ जिल्ला समितिद्वारा जीटीए चियरमेन अनि गोजमुमो अध्यक्षप्रति आभार प्रकट ...
2020-04-25Online Education for Class - XII - Science (WBCHSE) # BIOLOGY.
2020-04-25Online Education for Class- XII - Arts (WBCHSE) # ENGLISH.
2020-04-25Online Education for Class - XII - Science (WBCHSE) # PHYSICS.
2020-04-23आहाले ग्राम पंचायत कार्यालयद्वारा चामल वितरण ...
2020-04-19गोरुबथान दुइ ग्राम पंचायत कार्यालयद्वारा बिपन्न परिवारलाई निशुल्क राशिन वितरण ...
2020-04-19भानु र पाला टोली कालेबुङद्वारा घिस बनबस्ती, पुबुङ, मांगजिङ अनि लुङसेलमा खाध्य सामाग्री वितरण ...
2020-04-16युवा कवि सुबास सोताङद्वारा रचित कविता "चियाबारी" - लाई एकपल्ट सुनिदिनु होला ..
2020-04-11गोरुबथान ग्रासरुट फ़ाउण्डेशनद्वारा प्रदान गरिएको सागसब्जी युवा प्रगति संघका सदस्यहरुले आज वितरण गरे
2020-04-10गोरुबथान ग्रासरुट फाउण्डेशनद्वारा बिभिन्न चियाबगान अनि गाउहरुमा सागसब्जी वितरण ...
2020-04-09गैर सरकारी संस्था "मुख बन्द काम शुरू"द्वारा मकैबारीको कैलापानीमा खाद्यान्न समाग्री वितरण ...
2020-04-09गोरुबथानको पुरानो क्लब कन्सेर्टोद्वारा आज सोमबारे बजार, मालबस्ती अनि पानडाडामा सेनिटाइजेशन गरियो ...
2020-04-08सेरमाली समाज, स्वनिर्भर समूह अनि नव ज्योति युवा संघद्वारा आज गाउमा किटनाशक औषधि स्प्रे गरियो ...
2020-04-07मुख्यमन्त्री अनि जीटीए अध्यक्षद्वारा हालमा चियाकमान नखोल्ने निर्देशलाई गोजमुमो खरसाङले जनाए स्वागत
2020-04-06सम्झना, तमु अनि मणि प्लाण्ट एसएचजीद्वारा लोवर र अप्पर कुवापानीमा औषधी छर्किने साथै सेनिटाइजर वितरण
2020-04-06लक् डाउनको चपेटमा परेका काजी सार्कीलाई मोर्चा नेतृत्व अजय प्रधानद्वारा आर्थिक सहयोग ...
2020-04-06जीटीएद्वारा गोरुबथानका छ वटा चियाबगानलाई इन्फ्रारेड थर्मोमिटर प्रदान, प्रबन्धक पक्षबाट आभार प्रकट ..
2020-04-06सरकारबाट निशुल्क वितरण गरिने राशनमा भइरहेको समस्याहरुलाई लिएर मोर्चा प्रतिनिधिहरुले बीडीओसंग गरे भेट
2020-04-06आहाले युथद्वारा मास्क अनि सेनिटाइजर वितरण ...
2020-04-05गोरुबथानको साप्ताहिक हाट सामान्य रुपमा लाग्यो भने आज बाहिरबाट हटुवालाई आउन दिइएन ...
2020-04-05कैलापानीका दुईवटा स्वनिर्भर समुह कल्याणी अनि जीवन विकास संघद्वारा ग्राम सफाई ...