मुख्यमन्त्री अनि जीटीए अध्यक्षद्वारा हालमा चियाकमान नखोल्ने निर्देशलाई गोजमुमो खरसाङले जनाए स्वागत
जीटीए अध्यक्षको आग्रहमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले अहिलेनै चिया बगानलाई नखोल्ने गरेको घोषणाले चियाबारीका मानिसहरूले राहत अनुभव गरेका छन। कोरोना भाइरसको कारण बन्द अवस्थामा रहेको चिया बगानलाई पचास प्रतिशत श्रमिकहरू लगाएर खोल्ने केन्द्रको गृह मंत्रालयबाट गत दुईदिन अघि जुन निर्देश आएको थियो त्यसले चियाबारीका मानिसहरूलाई चिन्तामा पारेको थियो। यद्यपि जीटीए अध्यक्ष अनित थापाले यदि चिया बगानमा लकडाउन खोलिए कोरोना सङ्क्रमण यहाँ फैलिन सक्ने औ यदि यहाँ कोरोना फैलिए सम्हाल्न धेरै गाह्रो पर्ने बताउँदै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई अवगत गराएपछि मुख्यमन्त्री ब्यानर्जीले एउटा बयान जारी गरेर अहिलेनै चिया कमान नखोल्ने भनिदिएपछि जीटीए अध्यक्ष अनित थापा लगायत पहाडका सम्पूर्ण चिया श्रमिकहरूले राहतको श्वास फेरेका छन्। यस सन्दर्भमा गोजमुमो पार्टीको पक्षबाट खरसाङ महकुमा प्रचार प्रसार सचिव अनुप रामुदामुले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी अनि जीटीए अध्यक्ष अनित थापाले अहिलैनै चियाकमान नखोल्ने जुन निर्देश दिए त्यसलाई स्वागत जनाउँदै यदि अहिलेनै चियाबगान खोलिए यो महामारीले चियाबारीका मानिसहरू धेरैलाई आफ्नो चपेटामा लिनसक्ने आशंका व्यक्त गरे।
Camera/ Report
Subash Chhetri (Kerseong)
Edit
Rohan Kulung
8637816394/ 9733161396