मोर्चा कार्यकर्ताहरुद्वारा क्वारेण्टाइन सेन्टरहरुको भ्रमण ...
हाल सरकारी निर्देश बमोजिम बाहिरबाट गाउमा आउने मानिसहरुलाई होम क्वारेण्टाइनमा बस्नुपर्ने छ। सोही निर्देशलाई पालन गर्दै विभिन्न गाउमा बनाइएको क्वारेण्टाइन सेन्टरहरुमा गोजमुमो कार्यकर्ताहरुद्वारा भ्रमण गरि उनीहरुको आत्मबल बडाउने कार्य गरिरहेका छन्। गोरुबथान 43 समष्टी अन्तर्गत रहेका विभिन्न क्वारेण्टाइन सेन्टरहरुमा समष्टीका पदाधिकारी एवं कार्यकर्ताहरुले दैनिक भ्रमण गरि क्वारेण्टाइनमा बसेका मानिसहरुको मनोबल बडाउनुका साथै उनीहरुको स्वास्थ्य अनि समस्याहरुबारे जानकारी लिने कार्य पनि गरिरहेका छन्। यसैक्रममा गोजमुमो गोरुबथान जोनल दुइका सचिव रतन थापा अनि डीटीडीपीएलयु जिल्ला सचिव दाताराम शर्माको अगुवाइमा एउटा टोलीले अप्पर फागुस्थित कोठी गाउ, स्कुल लाइन, गोदाम टार आदि क्वारेण्टाइन सेन्टरहरुको भ्रमण गरेको जानकारी प्रकाश विप्लव शर्माले दिएका छन्। सो टोलीले क्वारेण्टाइनमा बसेका मानिसहरुसंग बातचित गरि उनीहरुको सम्पूर्ण जानकारी लिए भने कुनै असुविधा भए पार्टीले सहयोग गर्ने आश्वासन पनि दिएका छन्। यसरी विभिन्न क्वारेण्टाइन सेन्टरमा बसेका मानिसहरुलाई जोनल दुइका सचिव रतन थापाको पक्षबाट दैनिक उपभोग्य सामाग्री बितरण गरियो। सचिव थापाले मानिसहरुलाई आंतकित नभइ दिने अनुरोध गर्दै सबैलाई सचेत भइदिने आव्हान गरेका छन्। यसका साथै गाउघरमा कसैले पनि भेदभाव नगरि सहयोग गरिदिने अपील पनि गरेका छन्। अर्कोतिर अप्पर फागु क्वारेण्टाइन सेन्टरमा बसेका 28 जनाको अहिलेसम्म स्वाब टेस्ट नभएको गुनासो पनि सुन्नमा आएको छ। यसभन्दा अघि अप्पर फागुका एकजना कोरोना सङ्क्रमित पाइएकोले गर्दा रहल 28 जनाको पनि यथाशिघ्र स्वाब टेस्ट गरिदिने स्थानीय मानिसहरुले माग गरेका छन्। यसको निम्ति अप्पर फागु चियाबगानका प्रबन्धक एलके सोताङले गोरुबथान खण्ड स्वास्थ्य केन्द्रमा लिखित जानकारी गराएको जान्नमा आएको छ। भ्रमण टोलीमा जोनल दुइका सचिव थापा, डी टी डी पी एल यु जिल्ला सचिव शर्मालगायत शिक्षक प्रकाश शर्मा, होमनाथ शर्मा, अगस्त तामाङ आदि रहेका थिए। यसरी नै स्थानीय मोर्चाका पदाधिकारीहरुले कुवापानी अनि वरिपरिका गाउहरुमा गएर क्वारेण्टाइन सेन्टरहरुको भ्रमण गरेको जानकारी प्राप्त भएको छ। भ्रमण टोलीले क्वारेण्टाइनमा बसेका मानिसहरुसंग भेटगरि उनीहरुको स्वास्थ्य विषयमा कुराकानी गरेका थिए। उक्त टोलीमा जोनल दुइ युवा मोर्चा सभापति साङ्गे शेर्पा, सरिता गुरुङ, फुर्तेम्बा शेर्पा, हिमाल शेर्पा, रंजन साहा, मेलिना तमाङ आदि थिए।
Edit
Rohan Kulung
8637816394/ 9733161396.