तीन दिनव्यापी माघे उत्सवको पहिलो दिन...
गोर्खा रङ्गमञ्च भवन अघिपट्टि तीनदिनव्यापी गोर्खा सांस्कृतिक माघे उत्सवको आज आरम्भ भयो। पहिलो दिन यस उत्सवको विधिवत उदघाटन मुख्य अतिथिका रुपमा जीटीए सूचना एवम् सांस्कृतिक विभाग अनि सिंचाइ एवम् जलमार्ग विभागका कार्यकारी सभासद अनोश थापाको बाहुलीद्वारा गरियो। यस अवधि विशिष्ट अतिथिका रुपमा जीटीएका पीआरओ एसपी शर्मा, भागोप्रमो केन्द्रीय सदस्यद्वय दावा लामा अनि तिलक देवान पनि उपस्थित थिए। आयोजक उत्सव समितिको अगुवाइमा मुख्य अतिथि अनोश थापा लगायत अन्य अतिथिहरुले मेलामा स्थानीय स्वनिर्भर समूहहरुद्वारा लगाइएका सांस्कृतिक सामाग्री अनि जतीय परिकारका स्टलहरुको निरीक्षण पनि गरे। आजदेखि शुरु भएको उत्सव 14 जनवरीमा समापन हुनेछ भने भोलि जीटीए प्रमुख कार्यपाल अनित थापा अनि पर्सि अन्तिम समापन कार्यक्रममा जीटीए सभाका अध्यक्ष अञ्जुल चौहान मुख्य अतिथिका रुपमा उपस्थित रहने आयोजक समितिले जनाएको छ।