भोलेन्टियर शिक्षक भेरिफिकेसनलगायत विविध समस्या विषयमा डीआईलाई ज्ञापन......

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=bCHtbG88FiM



Duration: 7:26
402 views
14


भोलेन्टियर शिक्षक भेरिफिकेसनलगायत विविध समस्या विषयमा डीआईलाई ज्ञापन....
जीटीए क्षेत्रका विभिन्न सरकारी विद्यालयहरुमा भइरहेको भोलेन्टियर शिक्षक भेरिफिकेसनलगायत स्कुलका अन्य विविध समस्या विषयमा बुधवार वेस्ट बेंगल तृणमूल सेकेन्डरी टिचर्स एसोसिएसन, कालेबुङ जिल्ला कमिटीद्वारा कालेबुङ डीआईलाई ज्ञापन दिइयो। जिल्ला कमिटी संयोजक दिनेश शर्मा , संयुक्त संयोजक सीपी खतिवाडा, जिल्ला कोर कमिटी सदस्य विजय तामाङ, स्यामुयल किरण सिंह आदिको अगुवाइमा गएको प्रतिनिधि टोलीमा कालेबुङ जिल्लाभरिका विभिन्न सरकारी विद्यालयहरुको प्रतिनिधिहरुको सहभागिता रहेको थियो।डीआईलाई बुझाइएको ज्ञापनको एक नम्बर बुँदामा अहिले जीटीए क्षेत्र भइरहेको भोलेन्टियर शिक्षक भेरिफिकेसन अबैद्ध रहेको तथा यसलाई रद्द गरिनुपर्ने माग गरिएको छ। यसलाई रद्द गरेर सिस्टमेटिक ढंगले नयाँ भेरिफिकेशन गरिनुपर्छ। त्यसरी नै सोही बुँदामा वर्षौदेखि सेवारत भोलेन्टियर शिक्षक शिक्षिकालाई भने विभागले सही जाँच गरेर स्थायी गर्नुपर्ने माग राखेको छ। यसबाहेक 2017 देखि 2019 सम्म नियुक्ति पाउने शिक्षक शिक्षिकाको पोस्ट सुनिश्चित गरिनुपर्ने, टीआईसीहरुलाई प्रधानाध्यापकको पदमा बढोत्तरी गरिनुपर्ने, स्कुल बढोत्तरी भएर पनि ग्रुप सी र डी पोस्ट सेन्शन नभएको जानकारी गराउँदै अबिलम्ब सेन्शन गरेर नियुक्ति गरिनुपर्ने, जीटीए क्षेत्रमा सरकारी विद्यालयहरुमा एमसीको प्रेसिडेन्ट पार्टीले मनोनित गरेको छ त्यसलाई रद्द गरेर नियमअनुसार एमसीकै सदस्यलाई बनाइनु आदि मुख्य रहेका छन्।ज्ञापन बुझाइसकेपछि पत्रकारहरुसित कुराकानी गर्दै संयोजक शर्माले यी सम्पूर्ण विषयमा जानकारी गराउन एक प्रतिनिधि टोलीले 30 दिसम्बरको दिन कलकत्तामा शिक्षामन्त्री पार्थ चटर्जीलाई भेट गर्नेछ र विस्तृत रुपमा चर्चा गरिनेछ। शिक्षा मन्त्रीसितको भेटको निम्ति अपोइन्टमेन्ट पनि मिलाइसकेको शर्माले जानकारी दिए।शिक्षा जस्तो संवेदनशील विषयमाथि पहाडमा खेलबाड गरिरहेकोमा गम्भीर चिन्ता प्रकट गर्दै तिनले संगठनको पक्षबाट घोर भत्सर्ना जनाए। पहाडको वर्तमान शिक्षा व्यवस्था विषयमा कलकत्तामा मन्त्रीलाई सविस्तार जानकारी गराउने तिनले बताए। आज पनि पहाडमा कति पीडित भोलेन्टियर शिक्षकहरु रहेको जनाउँदै तिनीहरुलाई न्याय दिने काम संगठनले गर्ने प्रतिश्रुति दिँदै यसको निम्ति संगठनसित सम्पर्क गर्न सुझाव पनि दिए।
Edit
Rohan Kulung
8637816394/9733161396




Other Videos By Hello Web 24


2020-12-28अम्बियोक फुटबल एसोसिएसनको तत्वाधानमा विन्टर नकआउट फुटबल टुर्नामेण्ट शुरु ...
2020-12-28सामसिङ जन कल्याण संघद्वारा 41 जना बृद्ध - वृद्धालाई कम्बल वितरण ...
2020-12-27कालेबुङ थानाको शताब्दीऔं वर्षगाँठको अवसरमा गोरूबथानमा बस् अनि चित्र बनाऊ प्रतियोगिता सम्पन्न ...
2020-12-26हिमवेसद्वारा संचालित ढुकुरे अनि सिम्सारे डे केयर केन्द्रका नानीहरुसँग पोस्ट ख्रीष्टमस मनाउदै ...
2020-12-26गोर्खा राष्ट्रिय युवा मोर्चा कालेबुङ शाखाद्वारा झण्डा लगाउने अभियानको गोरुबथानबाट शुरूवात ...
2020-12-25मिलन सेवा समाज, माल बस्ती गोरुबथानको 30औ स्थापना दिवस विविध कार्यक्रमवीच पालन ...
2020-12-24समस्त शुभेच्छुक र दर्शकवर्गलाई "ख्रीष्टमस"-को शुभोपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ...
2020-12-24Christmas Special#ख्रीष्टमसको पावन अवसरमा गोरुबथान वेबले तयार पारेको `ख्रीष्टमस विशेष´ …
2020-12-24ब्लड क्यान्सर पीडित युवराज छेत्रीलाई सहयोगको अपील ...
2020-12-23जाइलिस एकाडेमीको चौथो स्थापना दिवस पालन, शुक्ला रोय बनिन फेस अफ जाइलिस - 2020 का बिजेता.......
2020-12-23भोलेन्टियर शिक्षक भेरिफिकेसनलगायत विविध समस्या विषयमा डीआईलाई ज्ञापन......
2020-12-222017 को गोर्खाल्याण्ड आन्दोलनकालदेखि विस्थापित भएका चारजनालाई गोरुबथानमा भव्य स्वागतका साथ घर वापसी
2020-12-21गोरुबथानका युवा रयाप (Rap) सिङ्गरद्वय प्रयास राई अनि बनशिखा छेत्रीसँग छोटो कुराकानी ...
2020-12-20आगामी 12, 13 र 14 जनवरी 2021-को दिन अप्पर फागुस्थित स्कुल लाइनमा विश्व शान्ति ढोल छोक पुजा हुने ...
2020-12-18कालेबुङ थानाको शताब्दीऔं वर्षगाँठमा गोरूबथानमा विविध कार्यक्रम गरिने ...
2020-12-17गोरूबथानका विभिन्न ग्राम पंचायत कार्यालयहरुमा दैलोमा सरकार कार्यक्रमको दोस्रोचरण सफलतापूर्वक सम्पन्न
2020-12-16आगामी 31 दिसम्बरको दिन कालेबुङमा जिल्लाभरिका कलाकारहरुलाई लिएर कार्यक्रम गरिने - बिक्रम पराजुली ...
2020-12-16गोरूबथान टुरिजम डेभलपमेन्ट सोसाइटीको सभा ...
2020-12-14क्रामाकपा कालेबुङ आञ्चलिक समितीद्वारा खण्ड दुई अन्तर्गत पेदोङमा स्थापना दिवसबारे प्रचार प्रसार....
2020-12-12भोलेन्टियर शिक्षक भेरिफिकेशनबारे सांसद तथा तृणमूल नेतृ शान्त छेत्रीले के भनिन्.......
2020-12-10चिल्ड्रेन्स क्लब गोरुबथानद्वारा भारत वर्षमा युएनसीआरसी रेक्टिफ़िकेशनको २८औ वर्षगाठ पालन...