कालेबुङ थानाको शताब्दीऔं वर्षगाँठमा गोरूबथानमा विविध कार्यक्रम गरिने ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=qXwMBgjXwTA



Duration: 14:18
195 views
10


कालेबुङ पुलिस स्टेशन स्थापनाको 100 वर्ष पूरा भएको अवसरमा कालेबुङ पुलिसले विभिन्न कार्यक्रमहरू आयोजन गरिरहेको छ। पुलिस पब्लिक रिलेशनको थीममा भइरहेको यस ऐतिहासिक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन नृत्य, बस् अनि चित्र बनाऊ प्रतियोगिता, स्पट क्वीच आदि कार्यक्रम आयोजन भइरहेको छ। यसको निम्ति अनलाइन रेजिस्ट्रेशन पनि शुरु भएको छ। जसको निम्ति वाट्सएप नम्बर जारी गरिएको छ। उक्त नम्बरमा सहभागी प्रतियोगीले आफ्नो सम्पूर्ण विवरण पठाउनु पर्नेछ। जिल्लाव्यापी हुने यस कार्यक्रम गोरूबथानमा पनि हुने जानकारी प्राप्त भएको छ। गोरूबथान थानाको आयोजनमा यहाँको युद्धवीर उमाविमा बस् अनि चित्र बनाऊ प्रतियोगिता आयोजन हुनेछ। सहभागी प्रतियोगीहरूले आफुसित कलर, ब्रस लिएर आउनु पर्नेछ। 27 दिसम्बर बिहान 11 बजेदेखि हुने यस प्रतियोगितालाई तीन वर्गमा बाँडिएको छ। पहिलो वर्गमा 9 वर्षसम्मको नानीहरूले सहभागिता जनाउन सक्नेछन् भने दोस्रो वर्गमा 9 देखि 16 अनि तेस्रो वर्गमा 16 वर्षदेखि माथिका नानीहरूले सहभागिता जनाउन सक्नेछन्। विजयी प्रतियोगीहरूलाई कालेबुङ लगिनेछ। जसको सम्पूर्ण जिम्मेवारी गोरूबथान पुलिसले लिनेछ। त्यसी नै नृत्य प्रतियोगितामा सहभागिता जनाउने प्रतियोगीहरूले तीन मिनटको एकल नृत्यको भिडिओ क्लिप 9339191877 मा पठाउनु पर्नेछ। नृत्यलाई दुइ वर्गमा बाँडिएको छ। जसमा 9 वर्षसम्म पहिलो वर्ग, 9 देखि 15 दोस्रो वर्ग रहेको छ। चुनिएका प्रतियोगीहरूलाई कालेबुङ बोलाइनेछ। प्रतियोगीहरूलाई लाने ल्याउने व्यवस्था पनि गोरूबथान पुलिसले गर्नेछ। अर्कोतिर 26 दिसम्बरको दिन स्पट क्वीज आयोजन हुनेछ। जसको निम्ति सोमबारे बजार, पानडाँडा अनि अम्बियोक चियाबारीलाई चयन गरिएको छ। यस अवसरमा स्पटमै क्वीच हुनेछ र विजयी प्रतियोगीलाई स्पटमै पुरस्कार दिइनेछ। बस् अनि चित्र बनाऊ प्रतियोगिताको निम्ति 9339397466 वाट्सएप नम्बरमा प्रतियोगीको नाम, अभिभावकको नाम, उमेर, ठेगाना, सम्पर्क नम्बर, कुन प्रतियोगितामा सहभागिता जनाउने आदि विषयबारे लेखेर पठाउऩु पर्नेछ। रेजिस्ट्रेशन गर्ने अन्तिम मिति 23 दिसम्बर रहेको छ। विजयी प्रतियोगीहरूलाई आकर्षक पुरस्कार र प्रमाण पत्र प्रदान गरिनेछ। पुलिसद्वारा आयोजिक विविध कार्यक्रमबारे थप जानकारी लिन नजिकैको पुलिस स्टेशनमा यस नम्बरमा 7719374560 / 972102728 सम्पर्क गर्ने सकिने गोरूबथान पुलिस थाना प्रभारी सौरभ घोषले जनाएका छन्।
Edit
Lenin Rai
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2020-12-26गोर्खा राष्ट्रिय युवा मोर्चा कालेबुङ शाखाद्वारा झण्डा लगाउने अभियानको गोरुबथानबाट शुरूवात ...
2020-12-25मिलन सेवा समाज, माल बस्ती गोरुबथानको 30औ स्थापना दिवस विविध कार्यक्रमवीच पालन ...
2020-12-24समस्त शुभेच्छुक र दर्शकवर्गलाई "ख्रीष्टमस"-को शुभोपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ...
2020-12-24Christmas Special#ख्रीष्टमसको पावन अवसरमा गोरुबथान वेबले तयार पारेको `ख्रीष्टमस विशेष´ …
2020-12-24ब्लड क्यान्सर पीडित युवराज छेत्रीलाई सहयोगको अपील ...
2020-12-23जाइलिस एकाडेमीको चौथो स्थापना दिवस पालन, शुक्ला रोय बनिन फेस अफ जाइलिस - 2020 का बिजेता.......
2020-12-23भोलेन्टियर शिक्षक भेरिफिकेसनलगायत विविध समस्या विषयमा डीआईलाई ज्ञापन......
2020-12-222017 को गोर्खाल्याण्ड आन्दोलनकालदेखि विस्थापित भएका चारजनालाई गोरुबथानमा भव्य स्वागतका साथ घर वापसी
2020-12-21गोरुबथानका युवा रयाप (Rap) सिङ्गरद्वय प्रयास राई अनि बनशिखा छेत्रीसँग छोटो कुराकानी ...
2020-12-20आगामी 12, 13 र 14 जनवरी 2021-को दिन अप्पर फागुस्थित स्कुल लाइनमा विश्व शान्ति ढोल छोक पुजा हुने ...
2020-12-18कालेबुङ थानाको शताब्दीऔं वर्षगाँठमा गोरूबथानमा विविध कार्यक्रम गरिने ...
2020-12-17गोरूबथानका विभिन्न ग्राम पंचायत कार्यालयहरुमा दैलोमा सरकार कार्यक्रमको दोस्रोचरण सफलतापूर्वक सम्पन्न
2020-12-16आगामी 31 दिसम्बरको दिन कालेबुङमा जिल्लाभरिका कलाकारहरुलाई लिएर कार्यक्रम गरिने - बिक्रम पराजुली ...
2020-12-16गोरूबथान टुरिजम डेभलपमेन्ट सोसाइटीको सभा ...
2020-12-14क्रामाकपा कालेबुङ आञ्चलिक समितीद्वारा खण्ड दुई अन्तर्गत पेदोङमा स्थापना दिवसबारे प्रचार प्रसार....
2020-12-12भोलेन्टियर शिक्षक भेरिफिकेशनबारे सांसद तथा तृणमूल नेतृ शान्त छेत्रीले के भनिन्.......
2020-12-10चिल्ड्रेन्स क्लब गोरुबथानद्वारा भारत वर्षमा युएनसीआरसी रेक्टिफ़िकेशनको २८औ वर्षगाठ पालन...
2020-12-09गोरुबथान खण्डको विभिन्न जीपीहरुमा पनि राज्य सरकारद्वारा लागु गरिएको जनकल्याणकारी योजना दैलोमा सरकार
2020-12-09गोरुबथान सर्कल कार्यलयद्वारा विश्व विकलाङ दिवस पालन...
2020-12-08आगामी 11 दिसम्बरको दिन गोरूबथान एफसी र दालिमकोटमाझ खिताबी भिडन्त हुने.....
2020-12-07क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीद्वारा गोरुबथानमा पोस्टरिङ ...