बाग्राकोट उच्चतर विद्यालयद्वारा पूर्व विद्यार्थीहरूका लागि भव्य 'ग्रान्ड एसेम्बली' -को आयोजन

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=iOkyGu1OpDE



Duration: 4:21
127 views
0


बाग्राकोट उच्चतर माध्यमिक विद्यालयद्वारा पूर्व विद्यार्थीहरूका लागि भव्य 'ग्रान्ड एसेम्बली' -को आयोजन ...
बाग्राकोट : कालेबुङ अनि डुवर्स क्षेत्रकै शैक्षिक धरोहर बाग्राकोट उच्चतर माध्यमिक विद्यालय (बाउमावि)-ले पूर्व विद्यार्थीहरूको भव्य पुनर्मिलन 'ग्रान्ड एसेम्बेली' आयोजन गरेर यस क्षेत्रकै शैक्षिक गतिविधिमा नयाँ रौनक र उत्साह ल्याएको छ। ग्रान्ड एसेम्बली भूतपूर्व विद्यार्थीहरूलाई विद्यालयसँग भावनात्मक रूपले जोड्ने काम गऱ्यो, जहाँ वयोवृद्धदेखि लिएर युवा विद्यार्थीहरूसमेत चार-पाँच पुस्ताका विद्यार्थीहरू स्कूल आए, एसेम्बलीमा लाइन लागे, राष्ट्रगान गाए, स्कूल गीत गाए, प्रार्थना सभामा भाग लिए अनि दिनभरि खुशीले झुम्मिए। सबै ओहोदा, पद र प्रतिष्ठाहरू भुलेर उनीहरू सामान्य विद्यार्थीसरह आफ्नो विद्यालयमा भेला भए। आफ्ना पुराना स्मृतिले उनीहरू विह्वल भए, भावुक बने। पुराना साथीहरू भेट्दा, आफूलाई पढ़ाएका गुरुहरूको दर्शन हुँदा उनीहरू मनबाटै रमाए। सयौँ भूतपूर्व विद्यार्थीहरूको एउटै भनाई थियो-हाम्रो लागि ऐतिहासिक र अविस्मरणीय क्षण हो यो।
सन् 1949 मा स्थापित यो विद्यालयबाट सन् 1967 मा पहिलोपल्ट स्कूल फाइनल दिएका एकमात्र जीवित विद्यार्थी पदमसिंह लामाका बाहुलीबाट ग्रान्ड एसेम्बली कार्यक्रमको उद्धाटन गरियो। एसेम्बलीमा वयोवृद्ध विद्यार्थीदेखि लिएर कलिला विद्यार्थीहरूसम्मले लाइन लागेर राष्ट्रिय गीत गाए। यस अवसरमा भूतपूर्व विद्यार्थीहरू धेरै नोस्टाल्जिक भए। उनीहरू सहपाठीहरूसँग निक्कै गफ्फिए। आ-आफ्ना श्रेणीमा गएर आफू बस्ने बेञ्चमा बसेर फोटो खिँचाए। कसैले अनुभव सुनाए, कसैले गीत गाए, कसैले नृत्य देखाए। यो विद्यालय पढ़ेका पूर्व विद्यार्थीहरू निक्कै खुशी देखिन्थे। यस कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन विद्यालयका शिक्षक-शिक्षिकागण, अशिक्षण कर्मचारीगण, विद्यार्थीगण एवं प्रबन्धन समितिका सदस्यहरूले धेरै मेहनत गरेका थिए।
बिहानीको पहिलो घण्टी बजेपछि सबै उपस्थित पूर्व विद्यार्थीहरू आ-आफ्नो पूर्व निर्धारित पङ्क्तिमा लाम लागेर उभिएर राष्ट्र गान र प्रार्थना गरेपछि जब स्कूल गीत गाइयो तब सबै भावुक बनेको देखियो। स्कूल परिसरलाई खुबै सुन्दर ढङ्गमा सजाइएको थियो। सबैले आफ्नो अनुभव ताजा गराए।
सबै संस्थापक, दिवङ्गत प्रधानाध्यापकगण, दिवङ्गत शिक्षक/शिक्षिकाहरूको सम्झनामा पूर्व शिक्षक/शिक्षिकाहरुको बाहुलीबाट द्वीप प्रज्वलन गरेर मञ्चको कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो। कार्यक्रममा स्वागत सम्बोधन राख्दै बाउमावि-का प्रधानाध्यापक सागर शर्माले ग्रान्ड एसेम्बलीको औचित्य र महत्त्वबारे प्रकाश पार्दै सबै भूतपूर्व विद्यार्थी र शिक्षकहरूलाई स्वागत जनाए। उनले भने-"विद्यालयसँग भावनात्मक रूपले तपाईँहरूलाई जोड्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो। तपाईँहरू हाम्रा वर्तमान विद्यार्थीहरूका लागि पनि प्रेरणा हुनुहुन्छ। हाम्रो यो शैक्षिक धरोहरलाई संवर्धन र थप समृद्ध बनाउन तपाईँहरू सबैबाट हामी सहयोगको आशा साँच्दछौँ।"
यस भव्य एसेम्बली र पुनर्मिलन कार्यक्रममा सबै तह र तप्का, पद र प्रतिष्ठा अनि ख्याति कमाएका सबै पूर्व विद्यार्थीहरू आफ्ना सबै स्थान भूलेर केवल पूर्व विद्यार्थीका रूपमा उपस्थित भएर स्वयंलाई भावनात्मक रूपमा विद्यालयप्रति समर्पित गराएका थिए। यस अवसरमा वर्तमान विद्यार्थीहरूले नृत्य र गीतहरू प्रस्तुत गरेका थिए भने व्याचगत हिसाबमा पनि विद्यार्थीहरू मञ्चमा झुम्मिएका थिए।
Edit
Pravesh Chhetri
8637816394/ 9733161396/8944033853




Other Videos By Hello Web 24


2023-11-19Nandi Foundation - द्वारा कालेबुङ जिल्ला स्तरीय खेलकुद कार्यक्रम ...
2023-11-18TVS कम्पनीको Stylish Bike & Scooty अब KG MOTORS - ले गोरुबथानवासीको घर आँगनमा ल्याइदिएको छ
2023-11-181st quarter final II 19/11/2023 II Georgian FC Vs Warriors SC II Time :2.00 p.m
2023-11-17कविद्वय मनोज बोगटी अनि पल्लविवसँग साहित्यिक चर्चासंगै रमाइलो गफ ...
2023-11-15सबै प्रकारको फर्निचर साथै इलेक्ट्रोनिक सरसमानको निम्ति सम्झनुहोस् - M/S Saha Enterprise, Mal Bazar
2023-11-15कविद्वय मनोज बोगटी अनि पल्लविवको कविता वाचन पुबुङमा, सुन्नुहोस् काव्य कुरा ...
2023-11-12म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै युवाहरुलाई प्रोत्साहित गर्ने धावक सविना राईसँग कुराकानी
2023-11-11देहातका खबर अनलाइन च्यानलको आयोजनमा पुबुङमा कविता - काव्य कुरा...
2023-11-11पुर्वाञ्चल क्यान्सर अस्पताल, नेपालका संस्थापक तथा उद्योगपती दुर्गा प्रसाईसँगको कुराकानी
2023-11-10देहातका खबरको आयोजनामा पुबुङमा 11 नोभेम्बर 2023 - को दिन कविता काव्य कार्यक्रम हुने ...
2023-11-10बाग्राकोट उच्चतर विद्यालयद्वारा पूर्व विद्यार्थीहरूका लागि भव्य 'ग्रान्ड एसेम्बली' -को आयोजन
2023-11-08राहत सामाग्री लिएर टोट गाउँ पुगे माल बस्ती भूतपूर्व सैनिक संगठन, हेर्नुहोस् पुरा भिडियो
2023-11-06Zylish Academy presents North Bengal's Biggest Model Hunt -𝙈𝙞𝙨𝙨, 𝙈𝙧𝙨. & 𝙆𝙞𝙙𝙨- 𝙁𝙖𝙘𝙚 𝙤𝙛 𝙕𝙮𝙡𝙞𝙨𝙝 2023
2023-11-06नेपाली संगीत जगतका वरिष्ठ संगीतकार अम्बर गुरुङको सालिग अनावरण ...
2023-11-05Gorubathan Future Vision - द्वारा डस्ट्बिन राख्ने कार्य साथै सफाई अभियान ...
2023-11-03आगामी 5 नोभेम्बरको दिन जीडीएनएस भवनमा आयोजित नागरिक कन्भेशनमा सबैलाई उपस्थित भइदिने आव्हान
2023-11-035 नोभेम्बर 2023 - को दिन Hiphop Festival, Vol - 3 हुने ...
2023-11-02ईन्टरनेशनल हन्ड्रेट माइल स्टेज रेसको माने भञ्ज्याङ् रेस पोइन्टमा समापन ...
2023-11-0214 सालदेखि कार्यरतहरूलाई पहिलो पुरानो मापदण्ड अनुसार पदोन्नति गरेर मात्र नँया नियम लागु गरिनुपर्छ
2023-10-29Upper Fagu MSK - का छात्राहरुद्वारा नृत्य प्रस्तुत गर्दै ...
2023-10-29Upper Fagu Godam Goan Pry. School - का छात्राहरुको सुन्दर नृत्य ...